Websoft University

कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


 बिराटनगर २०८० पुष २० गते | शुक्रबारका दिन मोरंग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । 

आन्तरिक राजस्व विभाग, काठमाडौँका महानिर्देशक श्री दीर्घराज मैनालीज्यूको प्रमुख आतिथ्यता तथा मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री राकेश सुरानाज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद भट्टराईज्यू, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष श्री भीम घिमिरेज्यू, ँल्ऋऋक्ष् का पूर्व उपाध्यक्ष श्री किशोर प्रधानज्यू,  आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा। डिल बहादुर क्षेत्रीज्यू, विराटनगर भन्सार कार्यलयका प्रमुख भन्सार अधिकृत श्री ज्ञानेन्द्रराज ढकालज्यूको उपस्थिति रहेको थियो । 


साथै, संघका महासचिव श्री अनिल सारडाज्यूद्वारा संचालित सो कार्यक्रममा तिन वटै संघ–संस्थाका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदयहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरु, विभिन्न वस्तुगत संघका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरु, उद्योगीव्यवसायीहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।


सो अन्तरक्रिया कार्याक्रममा प्रमुख अतिथि समक्ष तिन वटै संस्थाको तर्फबाट प्रस्तुत गरिएको संयुक्त सुझाव पत्र यसैसाथ संलग्न गरिएको    छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.