Websoft University

खोटाङ सामाजिक सेवा मञ्चद्वारा सम्मान


विराटनगर ÷ खोटाङ सामाजिक सेवा मञ्चले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

१८ औं साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष राजेश्वर निरौला, ज्येष्ठ नागरिक सावित्रा रेग्मी, मञ्चको भवन निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रदीप घिमिरेलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, समाजसेवी महेश रेग्मी, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले खोटाङमा जन्मिएर विराटनगरमा स्थायी बसोबास गर्ने व्यक्तिहरुलाई मञ्चले संगठित गरेकोमा खुसी व्यक्त गर्नुभयो । मञ्चले साहित्यिक र सामाजिक कार्य गर्दै आएको भन्दै उहाँले मञ्चलाई महानगरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित महानगरपालिका बनाउन सहयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो । 

सो अवसरमा मञ्चका महासचिव नारायण पोखरेल, सचिव स्वर्णकान्त दाहाल, सम्मानित व्यक्तिहरुका तर्फबाट राजेश्वर निरौलालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदित, भरत गुरागाईं बर्बरिक, रोहिणी रसिक, लक्ष्मी पोखरेल, अम्विका खरेल उप्रेती, लक्ष्मी रायमाझीलगायतले कवितासमेत वाचन गर्नुभएको थियो ।

२०५४ सालमा स्थापित मञ्चले विराटनगरमा १ कठ्ठा २ धुर जमिनमा साढे दुई तले आफ्नै भवन निर्माणाधीन रहेको छ । एकतला निर्माण सम्पन्न भई दोस्रो र तेस्रो तला निर्माण भइरहेको छ । निर्माण सम्पन्न भइसकेपछि मञ्चको आर्थिक स्रोत जुटाउन भवन भाडामा लगाउने योजना रहेको अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.