Websoft University

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ


विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका  छन् ।

 प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले कोइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण आइतबार प्रदेश प्रमुखको कार्यालयमा गराएका हुन् ।

 मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।

 मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.