Websoft University

प्रहरीले लागूऔषध सहित एक युवालाई पक्राऊ गरेको छ

 


श्याम राई, उदयपुर -गाईघाट, १७ पौष | प्रहरीले लागूऔषध सहित एक युवालाई पक्राऊ गरेको छ ।

प्रहरी चौकी भागलपुर चेकपोष्ट प्रहरीले सोमबार साँझ आम्बासीबाट ८२० ग्राम ब्राउन सुगर, ४ ग्राम १९० मिलिग्राम चरेस र १५ ट्याब्लेट ईस्पास्मो  सहित उदयपुरको चौढण्डीगढी–६ ज्यामिरेका २६ वर्षिय योगेन्द्र खत्रीलाई पक्राऊ गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

पक्रऊ परेका खत्री लागू औषध कारोबारी भएको खुल्न आएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । विगत २ बर्ष यता जिल्लाको पूर्वी नाका हुदै ब्राउन सुगर र चरस जस्ता लागूऔषध बेलटार, बसाह जस्ता ग्रामिण इलाकामा भित्रिदै आएको छ ।

 

 

 

 

                                  

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.