Websoft University

विराटनगर क्षेत्रका विद्यालय तीन दिन विदा दिने महानगरको निर्णय


विराटनगर ÷ शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । “केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८०÷१०÷०३ गतेदेखि २०८०÷१०÷०५ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराइन्छ,” महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

यसअघि निर्णय भएको माघ ३, ४ र ५ गते महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन हुने महानगरले जनाएको छ । बुधबारदेखि एक समारोहका बीच शहीद रंगशालामा निङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन हुँदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.