Websoft University

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न


विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ ।

पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले सहजीकरण गर्नुभयो । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ ।

त्यस्तै स्वतन्त्र विज्ञलाई सहजकर्ता तोक्ने व्यवस्थाअनुसार महानगरपालिकाले तिम्सिनालाई सहजीकरणका लागि विज्ञका रुपमा तोकेको हो । कार्यशालामा आगामी आर्थिक वर्षका लागि लैंगिक समानता र समावेशीकरणका क्षेत्रमा अपनाउनुपर्ने कार्यदिशासमेत तय गरिएको थियो । आर्थिक वर्ष २०७९÷८० को लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गर्दै आगामी वर्षका लागि सुधारसहितका योजना गरिने कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । 

लैंगिक समानता तथा सामाजिक समावेशीकरणका सन्दर्भमा सयवटा सूचक हुन्छन् । लैंसससामा ८ वटा तालिम रहने व्यवस्था छ । विज्ञ तिम्सिनाका अनुसार तालिका ८ बाट आगामी आर्थिक वर्षको योजना निर्माण गरिन्छ । कार्यशालामा कार्यदल सदस्य विश्वनाथप्रसाद भगत, कमला श्रेष्ठ, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा प्रमुख सरोज गौतमसहित विभिन्न शाखा तथा महाशाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.