Websoft University

लागु औषध दुर्व्यसन विरूद्धको अभियान


बिराटनगर | नेपालमा लागु औषध सेवन गर्न कडाई गरिएको कारण धरान, ईटहरी, केराबारी, बेलबारी, उर्लाबारी, विराटनगर लगायत मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट मोरङ जिल्लाको रानी, दरैया सीमा नाकाबाट भारतको जोगबनीतर्फ लागु औषध सेवन गर्न गईरहेका ६५ जना लागु औषध सेवनकर्ताहरूलाई चेकजाँच गरी भारततर्फ जानबाट रोकिएको ।

रोकिएका लागु औषध सेवनकर्ताहरूलाई "Campaign Against Narcotics" को Holding Center मा राखी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालबाट सचेतनामुलक अन्तरक्रिया गरिएको छ।

अन्तरक्रियाको क्रममा लागु औषध दुरूपयोगको कारण हुने गम्भीर ब्यक्तिगत, पारिवारिक एवम सामाजिक समस्याहरूको बारेमा चर्चा गर्नुका साथै यस कुलतबाट बच्न अपनाउन सकिने सिर्जनात्मक उपायहरूको बारेमा समेत जानकारी गराईएको । अन्तरक्रियाको अन्त्यमा लागु औषध प्रयोगकर्ताहरूबाट आगामी दिनमा लागु औषधको दुरूपयोग नगर्ने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले संचालन गरेको ूऋबmउबष्नल ब्नबष्लकत ल्बचअयतष्अकू अन्तर्गत आर्थिक बर्ष २०८०।०८१ को ३ महिनामा १८०० जना भन्दा बढि लागु औषध सेवनकर्ताहरूलाई ज्यमिष्लन ऋभलतभच मा राखी सुसुचित गरी सिमा नाकाबाट घरतर्फ फर्काईएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.