Websoft University

ट्राफिक सप्ताह २०८० बिराटनगरमा समुद्घाटन


विराटनगर, १९ असार । रातो तारा डट कम,कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटा न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । 

उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो । 


यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा  दुर्घटना कारण वर्षेनी  हुने  मानवीय र भौतिक क्षति रोक्न सकिने उहाँको भनाइ छ ।   


उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पार्नुभयो । 

सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरु सहकार्य मार्फत हुँदै आएको बताउनुभयो ।  

उहाँले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दै आगमी वर्षहरुमा  थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपर्ने बताउनुभयो ।  

मुख्यमन्त्री कार्की मङ्गलबार नै आर आर एन नामक एक गैर सरकारी सस्थाबाट सञ्चालित जलबायुजन्य विपद् जोखिमहरु प्रति समुदायको उत्थानसिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा  ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिम रहेको अवगत गराउनुभयो । 

जलबायुजन्य विपद् अन्तर्ग बाढी र पहिरोको जोखिम बढी रहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारहरुको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पस्ससट पानुभयो । विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरुले पूर्व तयारीमा बढी जोड दिनुपर्ने सुझाव दिँदै तर त्यस्ता निकायहरुको ध्यान राहत र उद्दारमा मात्र हँुदै आएको उहाँको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.