Websoft University

सदस्यता शुद्धीकरण


दमक ,असार १ गते | सदस्यता शुद्धीकरण मापदण्ड विपरीत पत्रकार महासंघ झापाले प्रदेशलाई नाम सिफारिस गरेको सच्चाउने समय दिएर महासंघ कार्यालयमा प्रेसचौतारी नेपाल झापाले कालो भण्डा गाढेको छ । 


असार ३ गते आइतवार दिउसो १२ वजे सम्म सिफारिस गरेको नाम सञ्चाउन समय दिदै पत्रकार महासंघ झापाको कार्यालयमा कालो झण्डा प्रेस चौतारी नेपाल झापाले गाढेको हो । 

केन्द्रीय महासंघले पठाएको सदस्यता शुद्धीकरणको मापदण्ड कार्यन्वयन नगरी एक पक्षीय नाम सिफारिस गरेको विरुद्ध प्रेस चौतारी झापाले पत्रकार महासंघ झापाको कार्यालय अगाडी धर्नालाई निरन्तरता दिदै आन्दोलनमा उत्रिएको संगठनका झापा उपाध्यक्ष प्रदिप परियारले जानकारी दिनु भयो । आउदो आइतवार दिउसो सम्म संगठनले उठाएको माग पत्रकार महासंघ झापाले पुरा नगरे शसक्त आन्दोलन गर्ने प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष अविजाल विष्टले बताउनु भयो । विरोध कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले प्रेस चौतारीलाई कमजोर नठान्न आग्रह गर्दै यो समस्या तत्काल समाधान गर्न पत्रकार महासंघलाई अनुरोध गर्नु भयो । 

पत्रकार महासंघ झापाले प्रदेशलाई पठाएको नामवलीका वारेमा निस्कृष्य पत्रकारहरु रहेको नाम सिफारिस गरेको भन्दै पत्रकार महासंघ प्रदेश कमिटीलाई शुद्धीकरण सिफारिस नामवली छानविन आयोग गठन गर्न पनि प्रेस चौतारीले माग गरेको झापा अध्यक्ष मन कुमार गदालले जानकारी दिनु भयो । 

राजनीतिक विचार समुह भएकै कारण क्रियाशील पत्रकारको समेत शुद्धीकरणको लागि नाम सिफारिस गरेको चौतारीले आरोप लगाएको छ । महासंघ केन्द्रीय समितिले पारित गरेको १५ बुद्धे मापदण्ड अनिवार्य लागु गर्नु पर्ने प्रेस चौतारी झापाको मागलाई लागु नहुदा सम्म  पत्रकार महासंघ झापाको विरुद्धमा आन्दोलन जारी राख्ने प्रेस चौतारी नेपाल झापा इन्चार्ज तथा केन्द्रीय सदस्य सन्तोष आचार्यले जानकारी दिएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.