Websoft University

सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक


काठमाडौँ। पछिल्लो समय नेपाली गीत संगीतको एल्बम निकाल्ने प्रचलन निकै नै कम भएको छ। बेला बेला गीति संग्रह निकाल्ने श्रस्टाहरु पनी छन्। संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम सार्वजनिक गरेका छन्।

 राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै उनको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक गरिएको हो। सार्वजनिक एल्बममा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर रहेको छ। सार्वजनिक एल्बममा ५ वटा गीत समाबेश छ। ‘कति कुरा मिठा बातमा’ हुन्छ बोलको पहिलो गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ।

‘हात समाई मिठा बात गरेको’ बोलको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन रहेको छ। ‘तिम्रो माया जीवनको खेल होकी’ बोलको गीतमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ। कता गयो त्यो बैंश बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन रहेको छ। ‘तिमि संगै जिन्दगानी बिताउन पाउँ’ बोलको गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन रहेको छ। सबै गीतका रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् भने किशोर थापाले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.