Websoft University

कोशी प्रदेश सरकारको योजना आयोगमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त भइ आज उनले पद तथा गोपनीयताको शपथ मुख्य मन्त्री बाट लिएका छन्


विराटनगर जेठ ७ गते | रातो तारा डट कम, कोशी प्रदेश सरकारको योजना आयोगमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त भइ आज उनले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उप्रेतीलाई शपथ ग्रहण गराएका हुन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा उप्रेतीलाई नियुक्त गरेको थियो । महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका उप्रेतीले त्रिभूवन विश्व विद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी पुरा गरिसकेका छन् ।

शपथ ग्रहण गर्दै नवनियुक्त उपाध्यक्ष उप्रेतीले समाजवाद उन्मुख कार्यक्रममा जोड दिने बताए । प्रदेशलाई अब्बल बनाउन आफू जिम्मेवारीका साथ लाग्ने उनले बताए ।

प्रदेशका मुख्यमन्त्री कार्कीले उप्रेतीको नियुक्तिले बजेट निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत बनाउन उप्रेतीको भुमिका प्रभाकारी हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रदेशमा रोजगारी बढाउन र राजस्व बढाउन भूमिका खेल्नुपर्ने अवस्था रहेको मुख्यमन्त्री कार्कीले बताए ।

उनले प्रदेश योजना आयोगमा अन्य सदस्य गठबन्धनका दलहरुसँगको सहकार्यमा थप गरिने जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.