Websoft University

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाको अध्यक्षमा यादव


 इनरुवा, बैशाख ९ गते । इनरुवा नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ । इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा शारदा माध्यमिक विद्यालय व्यपवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा भएको बैठकले जयकृष्ण यादवको अध्यक्षतामा इनरुवा महासंघ समिति गठन गरेको हो ।  यादव सरस्वती मावि बबिया इनरुवा ९ को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै महासंघका इनरुवा उपाध्यक्षमा भगवती मविका विश्वथान ओझा, सचिवमा देवकोटा आधारभुतका राकेश निरौला, उप सचिवमा नेपाल राष्टिय माविका निर्मल कुमार खवास सिंह र कोषाध्यक्षमा जनहित आधारभुत विद्यालयका देवका दाहाल कोईराला चयन हुनुभएको छ ।

त्यस्तैगरी सदस्यहरुमा पुजा चौधरी( सिद्धार्थ आधारभुत विद्यालय), रामसुन्दर साह(जनकल्याण आधारभूत विद्यालय), कमल कार्की (जनता मा.वि.), शशि थापा मगर ( बुढासुब्बा आधारभुत विद्यालय), सत्य नारायण शर्मा खत्वे ( शिशु निकेतन आधारभुत विद्यालय), उमाकान्दत मेहता (गणेश नेरा आधारभुत विद्यालय) रहनुभएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सचिव काशीनाथ दंगालले शैक्षिक गुणस्तर सुधार र सामुदायिक विद्यालय सुधार तथा सार्वजनिक शिक्षा बलियो बनाउन विद्यालय व्यवस्थापन समितिहरुको बिचमा नीतिगत बहस तथा छलफल हुने थलोको रुपमा महासंघले काम गर्दै आएको बताउनुभयो । दंगालले शिक्षामा इक्छाशक्ती भएको खण्डमा सामुदायिक विद्यालयमा गुणस्तर सुधार हुने बताउनुभयो ।

इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा शारदा माध्यमिक विद्यालय व्यपवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलले इनरुवाको शिक्षा तुलनात्मक रुपमा खस्केकाले प्रत्येक विद्यालयको अवस्था अवलोलन भ्रमण र अनुगमन गरेर योजना बताउनुपर्ने बताउनुभयो ।

महासंघका नवनिर्वाचित इनरुवा अध्यक्ष यादलले विद्यालयका प्रत्येक कक्षाका आमा समूह गठनदेखी कक्षा र विद्यालय अनुगमनसम्मको काम गर्दै सामुदायिक विद्यालयमा गुणस्तरमा सुधार ल्याउने प्रतिवद्धता जनाउनुभयो । फोटो- जयकृष्ण यादव 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.