Websoft University

बिमान उड्ने वित्तिकै जहाजमा ठुलो आवाजसहित आगो लाग्यो


काठमाडौं  । रातो तारा डट कम, सोमबार राति फ्लाई दुबईको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर उड्यो। तर, बिमान उड्ने वित्तिकै जहाजमा ठुलो आवाजसहित आगो लागेको देखियो।

एफजेट–५७५ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको’ जानकारी दिँदै आकस्मिक अवतरणको सम्भावना देखाए।

लगत्तै काठमाडौं विमानस्थलले उड्न लागेका अन्य विमानलाई भुईँमै होल्ड गरेर धावन मार्ग वन्द गर्यो। काठमाडौं पस्दै गरेका विमानलाई सिमरामाथिको आकाशमा होल्ड गरायो र विमानस्थलमा आधा दर्जन दमकल तयारी अवस्थामा राखियो। एम्बुलेन्स, चिकित्सक, सुरक्षाकर्मी उद्धारका लागि विमानस्थलमा पुगे।

तर, कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगो लागेको फ्लाई दुबईको बोइङ ७३७ जहाजले खुमलटार, भैंसेपाटी, कीर्तिपुर, हनुमानढोका, नक्साल, बौद्ध, सूर्यविनायक, इमाडोल हुँदै उपत्यकाभित्र फन्को लगाउँन थाल्यो। जसका कारण उपत्यकाभित्र हाहाकार मच्चियो।

एक फन्का लगाईसकेपछि जहाज काठमाण्डौंभन्दा वाहिर धादिङको धार्के आसपासमा होल्ड भयो। यही क्षेत्रमा दुई फन्को मारेर चालक दलले आगो निभाउने र इन्जिनको अवस्था बुझ्ने काम गरे। त्यसपछि सामान्य समस्या आएको र एउटा इन्जिनले दुवई पुग्न सक्ने भन्दै टावरलाई जानकारी दिए।

दुबईतर्फको उडानलाई निरन्तरता दिने जानकारी पाएपछि काठमाडौं टावरले अनुमति पनि दियो। यति हुँदासम्म दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा राति ११ वजे अवतरण गर्नु पर्ने जहाज १ घण्टा ढिलो भयो। 

त्यसको केही समयपछि फ्लाई दुबईका प्रवक्ताले ‘चरासँग जहाज ठोकिएको तर, कुनै समस्या विना दुवई आईरहेको’ जनाए। दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।

तर, उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ : ११ बजे (नेपाली समय अनुसार विहान करिव २ वजे) दुवई अन्तराष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण भयो। यो घट्नापछि नेपालीहरु भने आश्चर्यमा परेका छन्। आगो लागेको जहाजले उडानलाई निरन्तरता दिने भन्दै अगाडि वढेपछि सामाजिक संजालमा नेपालको सुरक्षा र ब्यवस्थापन पक्षमाथि प्रश्न उठाउँदै दिल्लीमा अवतरण हुन सक्ने आशंका गरियो। तर, विमान दिल्लीबाट अगाडि वढेपछि भने त्यो आशंका पनि टर्यो। अन्ततः नेपालीहरुलाई ‘सरप्राईज’ दिएर ४ घण्टा ३६ मिनेट निरन्तर उडान गरेर विमान सहज रुपमै दुवई पुग्यो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.