Websoft University

अखिल नेपाल किसान महासंघको ७ औ राष्ट्रिय महासम्मेलनको तयारी पुरा


दमक, चैत २८ गते | झापाको दमकमा हुने अखिल नेपाल किसान महासंघको ७ औ राष्ट्रिय महासम्मेलनको तयारी पुरा भएको जनाएको   छ ।

 किसान महासंघको राष्ट्रिय समितिले आज दमक ४स्थित कृष्ण मन्दिरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चैत ३०र२०८० बैशाख १ गते हुने राष्ट्रिय महासंघ सम्मेलनको तयारी पुरा भएको जनाएको हो । चैत ३०गते कमल गाउँपालिका स्थित आदिवासी रंगशालामा हुने उद्घाटन कार्यक्रमको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने किसान महासंघ अध्यक्ष डाक्टर प्रेम दंगालले जानकारी दिनुभयो ।

 बैशाख१ गते किसान महासंघको बन्द सत्र दमक ४स्थित दाहाल प्रतिष्ठानमा हुने अध्यक्ष दंगालले बताउनु भयो । किसान महासंंघको कार्यक्रमको पत्रचार, स्टेज तयारी र प्रतिनिधिहरु बस्ने आवासको प्रवन्ध लगायतका काम सकिएको कमल गाउँ पालिकाका पूर्व उपाध्यक्ष तथा किसान नेता बेनु शिवाकोटीले बताउनु भयो ।

 भोली चैत २९ र ३० गते झापाको झिलझिलेमा हुने दक्षिण एसियाली किसानहरुको क्षेत्रीय सम्मेलनमा नेपाल ,भारत , वंगालदेश, पाकिस्तान र श्रीलंकाका ७५ जना किसान नेता सहभागी हुने आयोजकले जनाएको छ ।पत्रकारको जिज्ञासामा यस सम्मेलनले दक्षिण एसियामा कृषि क्षेत्रमा देखिएको समस्याहरुको विषयमा ब्यापाक छलफल गरी साझा घोषण पत्र जारी गर्ने अध्यक्ष दंगालले बताउनु भयो । 

किसान महासंघको महासम्मेलनले कृषि क्षेत्रमा देखिएको समस्याहरुको सामधान खोज्ने , किसान मैत्री निति तय गर्ने, कामको समिक्षा ,आगामी ४वर्षका लागि किसान आन्दोलनको मार्गनिर्देशन गर्ने उहाँलेबताउनु भयो । प्रत्येक जिल्लावाट कम्तीमा३ देखि बढीमा १२ जना प्रतिनिधि,विभिन्न विषयगत उत्पादक किसान संघ र सामुदायिक किसान संघका प्रतिनिधि  सहभागी रहने किसान नेता बेनु शिवाकोटीले जानकारी दिनु भयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.