Websoft University

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट भारतद्वारा नेपाल पराजित


विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएन पराजित भएको छ । जित सँगै भारतले ४ खेलको श्रृखला १–१ को बराबरीमा ल्याएको छ ।

पहिलो खेलमा भारतलाई  ९ विकेटले पराजित गरेको नेपाली टोली आइतबार भएको खेलमा ६ विकेठले पराजित भएको हो ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दमलव २ बलमा  सवै विकेट गुमाई ९७ रनको सामान्य स्कोर बनाएको थियो । घरेलु टोलीका लागि सम्झना खडकाले २१ रन बनाउँदा कविता जोशीले १८ रन र काजल श्रेष्ठले १२ रनको योगदान दिएन् । भारतकी वैदथिया विनोदाले ४ ओभरमा १ मेडन राख्दै ४ विकेट लिइन् ।  उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै कप्तान रुतु भोस्ले ३ विकेठ लिँदा भड्ला ममथाले २ विकेट लिइन् ।

जवाफमा ९८ रनकोे लक्ष्य पछ्याएको भारतिय महिला टोलीले १९ दशमलव १ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । भारतकी रिया दर्वालले अविजित २१ बनाउँदा रिना रानीले पनि २१ रन बनाइन्  । नेपालकी सरस्वती चौधरीले २ विकेट लिँदा सवनव राईले १ विकेट लिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.