Websoft University

सुखानी दिवस सहिद परिवारको घरमा मनाउँदै फिदिम एमाले


पाँचथरमा- विराटनगर । नेकपा एमाले फिदिमले सुखानी हत्याकाण्डको सम्झनामा पार्टीले मनाउँदै आएको सुखानी  दिवस यस पटक सहिद परिवारका घरमा गएर मनाउने निर्णय गरेको छ ।

पञ्चायती दमनको विरुद्ध मोर्चा बन्दी गरेको आरोपमा पक्राउ परेका पाँच जना कम्युनिस्ट नेताहरूलाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१मा मा सुखानीको जङ्गलमा लगेर गोली हानि हत्या गरिएको थियो ।


तत्कालीन प्रशासनले नेत्र घिमिरे, कृष्ण कुइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई हत्या गरिएको सम्झनामा एमाले फागुन २१ गते सुखानी दिवसको रूपमा मनाउँदै आएको छ ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अन्तरगत फिदिममा शुक्रवार भएको योजना बैठकले पार्टीले सञ्चालन गरेका अभियानका क्रममा सहिद भएका फिदिम नगरपालिका क्षेत्रका सहिद परिवारका घरमा गएर सुखानी दिवस मनाउने योजना बनाएको एमाले केन्द्रीय सदस्य अमृता सुब्बाले बताइन् ।

उनले सहिद परिवारको सुख दुख बुझ्न र पार्टीले बनाएको योजना सहिद परिवारसँग बाँड्न पार्टी सहिद परिवारको घरैमा जान लागेको बताइन् ।

सहिदको बलिदानले उपलब्धि भए पनि पार्टीले सहिद परिवारलाई बिर्सिएको आलोचना भइरहँदा ग्रास रुट अभियानले पार्टी सहिद परिवारसँगै भएको अनुभूति दिलाउने बताइन् ।

बैठकले  बनाएको प्रदेश कमिटी सदस्य मेघराज घिमिरे, जिल्ला कमिटी सचिव विष्णु सापकोटा र जय प्रसाद केरुङ संयोजक रहने तीन वटा कमिटी समेत गठन गरेको छ । कमिटीले पालिकाका सबै वडामा गएर सङ्गठन विस्तार गर्ने छ ।

बैठकले जन वर्गीय सङ्गठनको भेला, गठन र  पूर्नगठन गर्ने छ । यस्तै अभियान अन्तरगत प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने छ ।

इलाम- नवल केमी राई खोज्दै रविन कोइराला

वाथ रोगले थलिएका छन् उनी । तर हरेक दिन उनी घाँस काट्छन् ।, गाईको भकारोसोहोरछन् र धन्दा पात गर्छन् ।उनी अर्थाननवल केमी राई ।

उनी २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा इलामबाट निर्वाचित जनपक्षिय सांसद हुन् ।

त्यो बेला निर्दलको बिपक्षमा बोल्नु गाहे थियो । यही गाहेको बिचमा पनि उनले रपञ्चहरुलाई हराए । उनी जनपक्षिय उमेद्वारको रुपमा उठ्दै विजयी भए । त्यो निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्य जित्ने ५ जना मात्रै जनपक्षिय उमेद्वार थिए । पद्मरत्न तुलाधार, द्रोण प्रसाद आचार्य जागृत प्रसाद भेट्वाल र सोमनाथ प्यासी अधिकारीसँगै नवलकेमी राईले पनि चुनाव जितेका थिए ।

जनपक्षिय उमेद्वारको रुपमा त्यो बेला रापस जितेका अन्य नोहरु बहुदलपछि देशका बिभिन्न अहोदामा पुगे । भरखरै मात्रै सोमनाथ प्यासी अधिकारी तत्कालिन प्रदेश नम्बर १ को प्रदेश प्रमुख भए ।

तर राष्ट्रिय पञ्चायतमा जनताको पक्षमा वकालत गर्ने नवल भने बहुदल पछि भने गुमनाम छन् । २०४५ सालदेखि नै बाथ रोगले थलिएका राईलाई एमालेले शुरु गरेको ग्रास रुट अभियान अन्तरगत खोजी अभियान थालेको छ ।

उनी इलामको चुलाचुली गाँउपालिका साक्फारमा बस्छन् । ग्रासरुट अभियान चुलाचुली गाँउपालिकाका संयोजक तथा एमालेका केन्द्रिय सदस्य रविन कोइरालाले पार्टीलाई योगदान गरेकाहरुको खोजी अभियानमा पार्टी लागेको बताए ।

उनले चुलाचुलीको साक्फारामा रहेका नवलकेमी गुमनाम भएकाले पार्टी उहाँको अवस्था बुझ्न जान लागेको बताए ।

उनले भने, उहाँको योगदान र उच्च छ । उहाँको मुल्याङ्कनलाई सम्मान गर्दै पुन पार्टीमा सक्रिय बन्न अनुरोध गर्न जान लागिएको हो ।

वि. सं. २००५ सालमा साक्फाराको दशमी बजारमा जन्मिएका उनी साक्षर मात्रै हुन् । उनले पञ्चायती व्यवस्थाको अन्त्य गर्ने उद्देश्यले जनपक्ष मञ्च मालेबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

मोरङ:-सेल्टरदाता भेट्न विराटनगरका टोल टोलमा एमाले नेता

भूमिगत कालमा पार्टीका नेताहरूलाई सेल्टर दिने सेल्टर दाताहरूको विराटनगरमा खोजी अभियान शुरु भएको छ ।

विभिन्न जिल्लाबाट विराटनगरमा आएर बसेका र पार्टीमा नजोडिएका सेल्टर दाताहरूलाई नेकपा एमाले विराटनगरले खोजी अभियान शुरु गरेको हो ।

मिसन ग्रास रुट अभियान अन्तरगत सेल्टरदाता महानगरपालिका भित्र बसोबास गरेकाले सेल्टरदाताहरूलाई सम्मान गर्न खोजी अभियान शुरु गरिएको एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापाले बताए ।

उनले धेरै जिल्लाबाट आएर विराटनगरमा सेल्टरदाताहरूलाई बस्नु भएको छ । उहाँहरू पार्टीमा जोडिसक्नु नभएको पनि हुन सक्छ थापाले भने, पार्टी र नेतालाई अफ्ठेरो अवस्थामा सहयोग गर्नेहरूलाई पार्टीले सम्मान गर्छ ।

महानगरसँग सबैको रेकर्ड छैन । रेकर्ड राख्न र अवस्था पत्ता लगाउन पनि सेल्टरदाता खोजी अभियान थालिएको हो ।

उनले महानगर पालिकामा बस्ने सबैभन्दा बढी कर तिर्नेहरूलाई पनि महानगरले सम्मान गर्ने बताए । यसका लागि पार्टीले बढी कर तिर्नेहरूको पनि नामावली सङ्कलन थालेको बताए ।

मिसन ग्रास रुट अभियान अन्तरगत महानगरले जेष्ठनागरिक राष्ट्रका लागि योगदान दिने बिभिन्न क्षेत्रकानागरिकलाईसमेत सम्मान गर्ने बताए ।

ग्रास रुट अभियान अन्तरगत विराटनगर महानगरको वडा नम्बर ५ र १२ नम्बरमा विस्तारित भेला र प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।

मोरङमै ग्रास रुट अभियान अन्तरगत कोसी प्रदेशका बिभिन्न पालिकाहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दर हरै चा नगरपालिकामा अखिल नेपाल महिला सङ्घका कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ ।

एमाले केन्द्रीय सदस्य मेनका काप्mले, अनमेसंघ केन्द्रीय सदस्य धना तामाङ, एमाले सुन्दर हरै चा नगरपालिकाका अध्यक्ष मातृका ढकाल,अनेम सङ्घ मोरङ अध्यक्ष टिका भट्टराई चापागाईँले प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रममा नगर स्तरीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.