Websoft University

आँखा हेरचाह शिविर बिराटनगर बन कार्यालय स्थित मानव सेवा आश्रममा सम्पन्न

 


बिराटनगर | रातो तारा डट कम,बिराटनगर जेसीजले स्वर्ण जयन्ती जेसीज सप्ताह अन्तर्गतको तेस्रो कार्यक्रम मायाको भोजन तथा आँखा हेरचाह शिविर  बिराटनगर बन कार्यालय  स्थित मानव सेवा आश्रममा सम्पन्न गरेको छ । 

प्रदेश सभा सद्स्य माननीय भिम पराजुलीको  प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मायाको भोजन तथा खाद्यान्न  प्रदान गरिएको थियो भने आँखा शिविर समेत संचालन गरिएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पराजुलीले  होलिको समयमा मानव सेवा आश्रममा मायाको भोजन तथा आँखा शिविर संचालन गरेर आतमियता प्रदशन गरेको मा खुसी ब्यक्त गर्दै , बिराटनगर जेसीज आफ्नो लागि परिवार  सरह महसुस गर्ने गरेको र आफ्नो पनको आभास मिल्ने गरेको बताउनु भयो । 

राजनीतिलाई बिशुद्ध सेवाका रुपमा आफूले लिएको र आफ्नो परिवार चलाउन का लागि छुट्टै पेसा रहेको र अब आउने युवाहरुले यस तर्फ सोच्न पर्ने बताउनु भयो । बिराटनगरका पुराना सस्था जिवन्त रहनु पर्ने र बिराटनगर जेसीजका लागि गर्नु पर्ने सहयोग गर्न आफुले सदैव पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

बिराटनगर जेसीजका पुर्व अध्यक्ष मिलन पौडेललाई राष्ट्रिय अध्यक्षमा जिताउने अभियान अपुरो रहेकाले सो पूरा गर्न समेत लाग्न बिराटनगर जेसिज परिवारलाई अनुरोध गर्दै सो अभियानमा आफू समेत सहयोग गर्न तयार रहेको बताउनु भयो । 

स्वर्ण जयन्ती जेसीज सप्ताहका मुख्य कार्यक्रम सयोजक तुलसी निरौलाले जेसीज सदैव सबैको सारथि भएर अघि बढ्ने र होलि का अवसर मा आश्रय लिएर बस्नु भएका बुवा तथा दाजुभाइ हरुलाइ होलिको अवसरमा मायाको भोजन तथा आँखा शिविर संचालन गरिएको बताउनु भयो । 

अध्यक्ष अभिनास थापाले चाडवाडको अवसरमा बुवा आमा सग माया साटासाट गर्न पाउँदा खुसीलागेको र सो अवसरमा मानव सेवा आश्रम सग प्रत्यक्ष जोडिएका माननीय भिम पराजुलीको साथ पाउँदा खुसी लागेको बताउनु भयो । मानवताको सेवा नै जीवन को सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै अघि बढेको र आगामि दिनमा समेत यस्ता कार्यक्रम गर्ने बताउनु भयो ।

कार्यक्रममा मायाको भोजन गराइएको थियो भने आँखा शिविर संचालन गरिनुका साथै खाद्यान्न समेत प्रदान गरिएको थियो ।

रामलाल गोल्छा अँखा अस्पताल को प्राविधिक सहयोगमा मा आखा परिक्षण गरिएको थियो  उक्त परिक्षणमा  मोतिया बिन्दु देखिएका बिरामीको तेज कोहली  र रुइत फाउन्डेसनको आर्थिक सहयोगमा निशुल्क गरिने छ ।

कार्यक्रममा स्वर्ण जयन्ती मुल आयोजक समिती का सयोजक गोपाल गुप्ता , पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणी , बोर्ड अफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल , पुर्व अध्यक्ष क्लब अध्यक्ष देबेश प्रधान मानव सेवा आश्रम का प्रतिनिधि  लगायत पुर्व अध्यक्ष बिराटनगर जेसीज बोर्ड तथा पदाधिकारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सयोजन आर के मण्डलले  गरेका थिए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.