Websoft University

शिखर ज्योति इङलीस स्कुल दमकले १४औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनायो

 


दमक,फागुन २७ गते | रातो तारा डट कम,शिखर ज्योति इङलीस स्कुल दमकले १४औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । 

शिखर ज्योतिले आज दमक ८ मा विधार्थी र अभिभावकका बीचमा कार्यक्रम गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । बिधालयका सञ्चालक मनकुमारी पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा विधालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप अन्तरगतको चित्रकला,नृत्य,गायन, दौड लगायतका प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने विधार्थीलाई पुरस्कृत गरिएको थियो । 

उनीहरुलाई प्रमुख अतिथि प्रमुख अतिथि दमक नगर पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको प्रमुख सोमनाथ गुरागाईले पुरस्कार प्रदान गर्नुृ भएको थियो । कार्यक्रममा नृत्य कलामा विशेष योगदान पुराउने मनु राई र विजय खड्कालाई प्रशंसा पत्र प्रदान गरेको विधालयका प्रधानध्यापक राजकुमार सुब्बाले जानकारी दिनु भयो । 

कार्यक्रममा विधालयले वर्ष भरि विधार्थीहरुलाई शिक्षा आर्जनका लागि गराएको प्रयोगत्मक अभ्यासलाई समेटेर तयार पारेको वृत्त चित्र प्रस्तुत गरेको सञ्चालक मन कुमारी पन्धाकले बताउनु भयो । प्रमुख अतिथि नगरपालिको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गुरागाईले घोकाउने विधा भन्दा पनि ब्यवहारिक रुपमा शिक्षण सिकाई गर्नु पर्ने बताउनु भयो । 

बिधालयले अतिरिक्तक्रियाकलापमा विधार्थी सहभागी गराएर शिक्षा प्रदान गर्ने काम उत्तम भएको गुरागाईले बताउनु भयो । प्याब्सन झापा उपाध्यक्ष प्रेम शेर्मा, युनिक कलेज दमक प्रमुख शान्ति राम आचार्य शिखर ज्योतिको शिक्षक एन्जीला श्रेष्ठले किताबी ज्ञान भन्दा ब्यवहारिक ज्ञान दिने शिक्षा अहिले बिधार्थीको लागि आवश्यकता भएकोमा जोडदिनु भएको थियो । कार्यक्रममा केही अभिभावक ,विधार्थीहरुले गायन र नृत्य समेत प्रस्तुत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.