Websoft University

अर्किड कलेजले गर्यो एक दिने विज्ञान प्रर्दशनी तथा फूड फिस्टा


विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी तथा फूड फिस्टाको आयोजना गरिएको छ ।

 कलेज परिसरभित्र शुक्रबार विज्ञान प्रर्दशनी र फूड फिस्टाको गरिएको   हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । कलेजमा कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान प्रर्दशनीमा विभिन्न १० वटा स्टल प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले डीनए मोडेलदेखि लिएर ग्यास डिटेक्टर, जोजर, टेस्ला कोइल लगायतका विज्ञान प्रर्दशनीमा राखेको प्रिन्सिपल बास्तोलाले जानकारी दिए  ।


 कलेजमा कक्षा ११ र १२ मा होटेल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूले आफुले शिकेका शिपको सदुपयोग गर्दै विभिन्न परिकारको खाना परिकारहरु  प्रर्दशनीमा राखेका थिए । सोही अवसरमा अर्किड कलेजका पूर्व विद्यार्थी गायक शुसान्त रेग्मीले गित गाउँदै विद्यार्थीलगायत शिक्षकहरूलाई नचाएका थिए ।

 कार्यक्रममा कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.