Websoft University

सवा ६ करोडको लागतमा मठापोखरीको सौन्दर्यकरणको काम सुरु-महानगरले दक्षिण क्षेत्रलाई विकासमा प्राथमकितामा राखेको भन्दै स्थानीय हर्षित


विराटनगर चै ३ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजनाहरू अघि सारेको छ । उत्तरीभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो ।

केही हप्ताअघि वडा नम्बर १४ स्थित रानीपोखरीमा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोहीमा अवस्थित मठापोखरीको सौन्दर्यकरणको काम सुरु गरेको छ । मठापोखरी परिसरमार निर्माण हुने संरचनाको महानगरले शुक्रबार शिलान्यास गरेको छ । ६ करोडभन्दा बढी लागतमा निर्माण हुने सुविधा सम्पन्न पार्कको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे । 

मठापोखरी हाताभित्र निर्माण हुने पार्कसहितको संरचनाको कोइरालाले शिलान्यास गरेका हुन् । महानगरले दक्षिणी क्षेत्रलाई प्राथमकितामा राखेर काम गरिरहेको मेयर कोइरालाले बताए । चुनावताका जनताको बीचमा गरेको प्रतिबद्धताअनुसार तीनवटा योजना सुरु भइसकेको मेयर कोइरालाको भनाइ थियो । “मैले चुनावताका गरेका वाचाहरू क्रमशः पूरा गर्दैछु,” मेयर कोइरालाले भने, “प्राचीन विराटराजाको दरबारको संरचना सञ्चालनमा आइसकेको छ । रानीपोखरीको पार्क निर्माण पनि सुरु भएको छ भने मठापोखरीको पनि काम सुरु भएको छ ।”

महानगरले चालु आर्थिक वर्षका लागि विराटराजा, रानीपोखरी र मठापोखरीका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । मेयर कोइरालाले विकासका ठूला योजनामार्फत दक्षिणी क्षेत्रको विकासलाई गति दिएकोमा वडाध्यक्षहरूसमेत खुसी देखिएका छन् । वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का प्रकाश साह र १८ का जितेन्द्रकुमार साहले दक्षिणी क्षेत्रको विकासले अब गति लिने बताए । उनीहरूले सञ्चालनमा रहेका योजना छिटो सम्पन्न गर्न सहजीकरण गर्नेसमेत प्रतिबद्धता जनाए ।

आगामी २०८१ माघ १९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि अबको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने निर्माणको ठेक्का पाएको कला विल्डर्सका प्रबन्धक संजयकुमार यादवको भनाइ छ । “मलाई लाग्छ एक वर्षभित्रै हामी काम सकेर महानगरलाई हस्तान्तरण गर्नेछौं,” यादवले भने ।

दक्षिणी क्षेत्रको विकासको सुरुवात भएकोमा स्थानीयसमेत खुसी देखिएका छन् । ऐतहासिक र पौराणिक मठापोखरीको सौन्दर्यकरण हुन लागेकोमा आफूहरू निकै नै खुसी भएको स्थानीय सुस्तम अलीले प्रतिक्रिया दिए । उनले भने, “दक्षिणी क्षेत्रका जनताका लागि शुभसंकेत देखिएको छ ।”

९ करोड ६ लाख ८० हजार लागत अनुमान भए पनि कला विल्डर्सले ६ करोड १९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । मठापोखरीको सौन्दर्यकरणसँगै पार्कसमेत निर्माण हुनेछ । पोखरी परिसरभित्र खुल्ला हल, भजन सेट, डबली, चौतारी, पानीको फोहोरा, बैठक कोठा, भ्यू डेक स्लाब, सुविधा सम्पन्न शौचालय, व्याडमिन्टन कोर्ट निर्माण गरिनेछ । त्यस्तै पश्चिम र दक्षिणमा आकर्षक प्रवेशद्वारसमेत निर्माण हुने कला विल्डर्सले जनाएको छ । विल्डर्ससित गत माघ १८ गते निर्माण सम्झौता भएको थियो । ५ करोड १७ लाख ६४ हजार मा ठेक्का लागेको रानीपोखरी ग्रिनपार्कको निर्माण धमाधम भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.