Websoft University

पूर्वमुख्यमन्त्री आचार्य र उद्योगमन्त्री सिटौलाद्वारा एक्स्पो अवलोकन


विराटनगर माघ २० गते । प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य र प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौलाले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ को अवलोकन गरेका छन् । एक्स्पोको दोस्रो दिन शुक्रबार उनीहरुले विभिन्न स्टलहरुको स्थलगत अवलोकन गरेका हुन् ।

स्टलहरुको अवलोकनपछि पूर्वमुख्यमन्त्री आचार्यले औधोगिक क्षेत्रको विकासका लागि एक्स्पोले उद्योगीहरुको मनोबल बृद्धि गर्ने बताए । उनले प्रदेश १ को आर्थिक विकासमा एक्स्पो महत्वपूर्ण अवसर बनेको बताए ।

त्यसैगरी प्रदेश १ सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री सिटौलाले पनि एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुको अवलोकन गरेका छन् । एक्स्पो अवलोकनपछि मन्त्री सिटौलाले प्रदेश १ को आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै प्रदेश सरकारले पनि सहकार्य गरिरहेको बताए ।

आर्थिक गतिविधिहरु भएको खण्डमा मात्रै बजारको विकास हुने र रोजगारीको अवसर सिर्जना हुने मन्त्री सिटौलाले बताए । उनले घरेलु तथा लद्यु उद्यमीहरुलाई पर्याप्त स्थान दिएर एक्स्पो आयोजना गरिएको पाइएको भन्दै सीएनआईसँग आगामी दिनमा पनि सहकार्यको वातावरण तयार भएको बताए ।

आर्थिक क्षेत्रलाई गतिशिलता दिनका लागि चुनौतिका वावजुद पनि एक्स्पोलाई अघि बढाएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उनले स्टलहरुमा उत्साहपूर्ण रुपमा उद्योगी व्यवसायीहरुले सहभागीता जनाएको बताए ।

विराटनगर–२ शंकरपुर मार्गमा सुरु भएको ऐतिहाँसिक सीएनआई कोसी एक्स्पोको उद्घाटनपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेबिहीबार गरेकाथिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.