Websoft University

डाईनामिक पब्लिक लाईव्रेरीको तेस्रो राष्ट्रिय महाधिवेशनले हेमन्त नेपाललाई सर्वसम्मत राष्ट्रिय अध्यक्ष चयन


दमक,फागुन १० गते | डाईनामिक पब्लिक लाईव्रेरीको तेस्रो राष्ट्रिय महाधिवेशनले हेमन्त नेपाललाई सर्वसम्मत राष्ट्रिय अध्यक्ष चयन गरेको छ । 

झापाको दमकमा भएको लाईब्रेरीको महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । महाधिवेशनले कानुनी सल्लाहकारमा प्रदिप शर्मा वराल,वरिष्ठ उपाध्यक्षमा वालचन्द्र कार्की,महासचिवमा लक्ष्मी न्यौपाने,कोषध्यक्षमा कमल गैरै चयन भएका छन् ।

 यसै गरी चार उपाध्यक्षहरु आश्विन देउजा,लोकेश सापकोटा,शिव पराजुली र अनुभण्डारी (अनिता) चुनिएका छन् ।एक ब्यक्ति,एक कार्यकाल जिम्मेवारी वहन गर्ने विधानको ब्यवस्था अनुसार सात जना निर्देशक चयन भएका छन् । 

चयन हुनेहरुमा दिवश खतिवडा, श्रेयाश्री थापा,रोशन खतिवडा,राजन चापागाई ,सुजन आचार्य र महेश भण्डारी रहेको नवनिर्वाचित कोषध्यक्ष गैरैले जानकारी दिनु भयो ।उनीहरुले जनसम्पर्क,साहित्य,शिक्षा लगायतका विभिन्न विधाको जिम्मेवारी लिएर काम गर्ने लाईव्रेरीले जनाएको छ । दमकमा फागुन ७र८गते भएको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन झापा क्षेत्र ४का प्रतिनिधि सभा सदस्य एल.पी.साँवा लिम्वूले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.