Websoft University

कालिका सामुदायिक वन क्षेत्रमा अवैध रुपमा रुख कटान भैरहेको छ |


गाईघाट ८ फागुन | उदयपुरको कटारी नगरपालिका ८ स्थीत कालिका सामुदायिक वन क्षेत्रमा अवैध रुपमा रुख कटान भैरहेको भन्दै उपभोक्ताहरुले डिभिजन वन कार्यालयमा उजुरी दिएका छन् । समुहका अध्यक्ष सहितका पदाधिकारीहरुको संलग्नताका विगत केही दिन देखि अवैध रुपमा रुख कटान भैरहेकोले तत्काल छानविन गरी कार्यवाहिको माग गर्दै आइतवार उनीहरुले उजुरी दर्ता गराएका हुन  ।

  उपभोतmाको उजुरी पश्चात डिभिजन वन कार्यालय त्रिवेणी कटारी वाट सहायक वन अधिकृत को टोलीले घटनास्थल पुगेर कटान गरीएको रुखको लगत संकलन लिन सुरु गरेको छ । टोलीले आइतवार २ वटा जरै सहित लडेको ढलापडा  र एउटा सुख्खा खडा रुख कटान गरी १३ , १४ थान गोलिया वनाएर राखेको अवस्थामा फेला पारेको सहायक वन अधिकृत अर्विन्द पाण्डेले वताए ।

 ‘हामीले वरामद गोलिया सुरक्षित राखेर अनुसनधान सुरु गरेका छौ । ’उनले भने । “उपभोक्ताहरुले समुहकै पदाधिकारीहरु माथी आरोप लगाएर उजुरी गरेका छन् । तर छानविन भैरहेकोले रुख कस्ले काट्यो भन्ने वारे केही खुलेको छैन । ”पाण्डेले भने ।

 उनले अनुसन्धान वाट पदाधिकारीहरु संलग्न भएको पुष्टी भए कार्यवाही तत्काल अघि वढाइने वताए । उपभोक्ता समुहका अध्यक्ष सुविन्द्र तामाङले आफुहरु माथी झुठा आारोप लगाएर वदनाम गर्न खोजीएको वताए । ‘रुख गलत तरीका वाट कसैले काटेको हो ,हामीहरुको कुनै संलग्नता छैन , हामी आफै काठ काट्ने समुहको खोजीमा लागेका छौ । ’उनले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.