Websoft University

बहुक्षेत्रीय पोषण कार्यक्रमको नगरस्तरीय अन्तरक्रिया


विराटनगर | बहुक्षेत्रीय पोषण कार्यक्रमको नगरस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ ।

महानगरको सभाकक्षामा आयोजित कार्यक्रममा पोषणको महत्वका विषयमा जानकारी गराइएको थियो । विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको अन्तरक्रियामा प्रदेश स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य निरीक्षक गजेन्द्र यादव र प्रदेश योजना आयोगका संजीव लामा घिसिङले बहुक्षेत्रीय पोषणको महत्व र आवश्यकताकाा विषयमा जानकारी गराएका थिए । गर्भमा रहेदेखि सुनौलो हजार दिन अर्थात २ वर्षसम्म बच्चाको ८० प्रतिशत बौद्धिक विकास हुने जनस्वास्थ्य निरीक्षक यादवले  बताए । गर्भवती महिला र दुई वर्षभन्दा मुनिका बालबालिकाको पोषणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरे, विराटनगर वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, महानगरका प्रवक्तासमेत रहेका ५ नम्बर वडाका अध्यक्ष सन्तोष न्यौपाने, ११ का तीर्थेन्द्र नेउपाने, १२ का हिरालाल कामत, १४ सूर्यनारायण महतो, १५ प्रकाश साह, १८ का जीतेन्द्रकुमार साहसहित कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । सोही अवसरमा महानगर प्रमुख कोइरलाको अध्यक्षतामा महानगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिसमेत गठन गरिएको छ । वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति पनि गठन गर्ने योजना रहेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.