Websoft University

हाँस्क कलाकार मनोज गजुरेलले गरे एक्स्पोका सवै स्टलको अवलोकन


विराटनगर माघ २५ गते ।रातो तारा डट कम, लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेलले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका सवै स्टलहरुको स्थलगत अवलोकन गरेका छन् । कलाकार गजुरेलले मंगलबार साँझ आफ्नो प्रस्तुति समेत दिएका थिए ।

उनले उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजना गरिने हरेक मेला महोत्सव र एक्स्पोहरुमा जाने कलाकारहरुले आफ्नो कला प्रस्तुतिका साथै स्टलहरुको पनि अवलोकन गरिदिए व्यवसायीहरुलाई उत्प्रेरणा हुने बताएका थिए । आफ्नो धारणा अनुसार नै बुधबार उनले एक्स्पोका स्टलहरुमा राखिएका उत्पादनको प्रवद्र्धन गर्दै अवलोकन गरेका छन् ।


एक्स्पोमा रहेको अटोमोबाइल्स पेभेलियनसहित पाँचवटा मुख्य पेभेलियन रहेका छन् । ती पेभेलियनभित्र ३७० वटा स्टल रहेका छन् । जसमध्ये घरेलु तथा साना उद्यमीहरुले मात्रै ७२ वटा स्टल राखेका छन् । कलाकार गजुरेलले स्टलहरुको अवलोकन गर्दै विभिन्न उत्पादनहरुको जानकारी लिएका थिए ।

एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष देवेन्द्र गुप्ता, सहसंयोजक गिरीजा सारडा लगायतको आयोजक समितिका पदाधिकारीहरुले स्टलहरुको बारेमा जानकारी गराएका थिए ।


अध्यक्ष घिमिरेले गजुरेलकै सुझाव अनुसार हरेक कलाकारहरुलाई एक्स्पोका स्टलहरुमा समेत अवलोकन गराउने जानकारी दिए । उनले कलाकारहरु स्टलमापुग्दा उद्यमीहरुलाई हौसला र प्रोत्साहनमिल्नेबताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.