Websoft University

सम्मान मिस लिम्बू’को अडिसन काठमाण्डौंमा फाल्गुन ७ गते, आईतबार हुने

 


काठमाडौं । रातो तारा डट कम,  सम्मान मिस लिम्बू’को छैटौँ संस्करणको अडिसन काठमाण्डौंमा फाल्गुन ७ गते, आईतबार अनामनगर स्थित सिलौटो कटेजमा हुने भएको छ ।

‘बौद्धिक विकास र सौन्दर्य,पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘सम्मान मिस लिम्बू–२०७९’का लागि धरानमा अडिसन भईसकेको छ जहाँ दश प्रतियोगीहरु उक्त सुन्दरी प्रतियोगीताको लागी छनोट भईसकेका छन् । 

सो प्रतियोगितामा विभिन्न स्थानबाट ३० जना युवतीलाई फाइलनका लागि छनोट गरिने छ । 

उक्त प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उतृण भएका, १७ देखि २६ वर्ष पुगेका लिम्बू समुदायका अविवाहित महिला हुनुपर्ने छ ।

मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्व मिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएकी छिन् । 

साथै, प्रतियोगीहरुलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ् , डिबी आङबुङ्लगायतले व्यक्तित्व विकासबारे ट्रेनिङ्ग दिनेछन् । 

उक्त सुन्दरी प्रतियोगिताको विजेताले नगद ५० हजारसहित स्कुटर पाउनेछिन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ ।

यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । 

साथै विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधै प्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ । 

प्रतियोगिताको ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत ११ गते हुने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.