Websoft University

ग्रिनल्याण्ड कलेजमा जारी स्पोट्र्स सप्ताह सम्पन्न


विराटनगर पुस २५ गते । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजमा जारी स्पोट्र्स सप्ताह २०७९ सम्पन्न भएको छ ।

पुष १४ गतेदेखि सुरु भएको स्पोट्र्स सप्ताह सोमबार भएको हो । हप्ता दिनसम्म संचालन भएकोे स्पोट्र्स सप्ताहमा खेलकुदतर्फ फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र  म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए । प्रिन्सिपल पोखरेलका अनुसार खेलबाहेक कविता, वादविवाद, नृत्य र गायनको समेत समावेश गरि स्पोट्र्स सप्ताह सम्पन्न भएको बताए ।

ग्रिनल्याण्ड कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोट्र्स सप्ताह गर्दै आएको छ । एक हप्तासम्म संचालन भएको स्पोर्टस सप्ताहमा १८ वटा विद्याहरु समावेस गरिएको कलेजले जनाएको छ । कक्षा ११ र १२ कक्षामा अध्ययरत ९ सय ५६ जना विद्यार्थीहरूले स्पोर्टस सप्ताहमा भाग लिएका थिए । विजयी हुने विद्यार्थीलाई पछि कलेजमा एक कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कलेजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.