Websoft University

सरकारको गलत आर्थिक नितिले गर्दा व्याबसायी चेपुवा परे ?

 


गाइघाट २३ पौष गते | नेपाल उधोग वाणिज्य महाँसघका पुर्ब अध्यक्ष चण्डीराज ढकालले सरकारको गलत आर्थिक नितीको कारण ब्याबसायिहरु आत्महत्या गर्न वाध्य भइरहेको बताएकाछन। 

वाणिज्य महासंघका वर्तमान नेतृत्वले राज्य सग प्रत्यक्ष रुपमा उपस्थीती देखाउन नसक्दा अहिले ब्यावसायि चेपुवामा परीरहेको उनले बताए। त्रियुगा उधोग वाणिज्य संघ गाइघाटको सातौ वार्षिक सभाको शनिबार उद्घाटन गदै पुर्ब अध्यक्ष ढकालले विगत २५ वर्षको अवधिमा ब्यावसायिहरुले विभिन्न अवरोध झेल्दै आइरहेको बताए। 

राजनैतिक अस्थीरता,नेपाल बन्द,भारतिय नाकाबन्दी र कोरोना महामारीले मुलुक कै अर्थतन्त्र कमजोर बन्दै गइरहेको भएपनी ब्यावसायी कै कारण अर्थतन्त्र चलाएमान बन्न सकेकोले राज्य असफल बन्नबाट जोगिएको उनले बताए। ब्यावसायी राजेन्द्र राउतले स्थानिय सरकारले नया उधोग स्थापनामा कर,रोयल्टी र विधुतमा छुट दिएर ब्यावसायी लाइ प्रोत्साहन गर्नु पर्ने वताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.