Websoft University

चिदाकाश कवितासंग्रहको विमोचन


विराटनगर पुस २३ गते | कवि भारती पोखरेल र भावना उपाध्यायद्वारा लिखित चिदाकाश कवितासंग्रहको विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा चिदाकाश कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज समालोचक कविराज न्यौपाने, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेललगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभयो ।

 विमोचित कृतिका विषयमा कवि एवं समीक्षक शंकर सुवेदी उत्सले टिप्पणी गर्नुभयो । विचोचित कृतिभित्रबाट कवि मञ्जुश्री गिरी, रामबाबु दाहाल, विनोद विवश र अम्विका खरेल उप्रेतीले कविता वाचन गर्नुभयो । त्यस्तै साहित्यकार मधु पोखरेल, समालोचक भूषण ढुंगेल, समाजसेवी डा. मीनाक्षी नेपाल, कवि सीमा आभास, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहमा ५७ वटा कविता समावेश गरिएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.