Websoft University

शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड


पुस२६ दमक | एक नवजात शिशुको अस्पतालमै मृत्यु भएपछि उसका आफन्तले झापाको दमकस्थित आम्दा अस्पतालमा तोडफोड गरेका    छन् । गत आइतवारजन्मिएको बच्चाको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तकोआक्रोशित भीडले अस्पतालमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिनु भयो । 

आक्रोशित भीडले आम्दा अस्पतालको प्रसुती गृहमा तोडफोड गरेको र सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उनकी पत्नी रोषा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्र लाभ भएको थियो । 

नवजात शिशुको अवस्था मंगलबार बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा उनको मृत्यु भएको मृतकका पिता बाबुराम खड्काले जानकारी दिनुभयो । डिएसपी गिरीको पहलमा उनकै कार्यकक्षमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भई सहमति भएको बताइएको छ । 

छलफलका क्रममा मृतकका पक्षले अस्पतालमा तोडफोड भएकोप्रति माफी मागेको गिरीले जानकारी दिनु भयो। घटना बारे मृतकका पिता खड्काले भने –‘समयमै चिकित्सक नआएका कारण बच्चालाई बचाउन सकिएन । 

ममाथि जस्तो घटना भयो, त्यस्तो अरुलाई नहोस् भन्ने हो ।’ खड्काका अनुसार सुत्केरीको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.