Websoft University

सबै जातिको भाषा र संस्कृतिको संरक्षण गर्न महानगर तयार छ’


विराटनगर ÷ विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले महानगरभित्र रहेका सबै जातजाति र समुदायको भाषा, संस्कृति र धर्मको संरक्षण गर्ने बताएका छन् ।

भुलेज समाज सेवा समिति विराटनगरले महानगर समितिले आयोजना गरेको पुरोहित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले भौतिक विकासलाई मात्रै ध्यान नदिएको प्रस्ट  पारे । उनले भौतिक विकाससँगै महानगरभित्र रहेका कला, साहित्य, भाषा, संस्कृति र धर्मको संरक्षण र सम्वद्र्धन आफू गम्भीर रहेको सुनाए । “हामीले भौतिक विकासलाई मात्रै विकास भन्ने सोचेका छौं, तर त्यो होइन,” उनले भने, “समाज त्यतिले मात्रै बन्दैन । भौतिक विकास सँगसँगै सबै समुदायको भाषा, संस्कृतिको विकास गर्नु आवश्यक छ ।” विराटनगरमा १८ जातिको बसोबास रहेको जनाइएको छ ।

भुजेली पर्वका अवसरमा शनिबार आयोजित कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरणगरिएकोथियो । तालिममा भुजेल समुदायका १२ जना अग्रजको सहभागिता रहेको थियो । भुजेल जातिको संस्कार, संस्कृति, भाषा धर्मका अध्येता लक्ष्मण भुजेलले सहभागीहरुलाई पुरोहितको तालिम दिएका थिए । त्यसैगरी सोही अवसरमा ७० वर्षभन्दा माथिका भुजेल समुदायका ज्येष्ठ नागरिकहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा कौशिलादेवी भुजेल, देवीमाया भुजेल, डुकुमाया भुजेल, दिलोबहादुर भुजेल, टंकबहादुर भुजेल, गणेशबहादुर भुजेल, शीतल भुजेल, तुलाबहादुर भुजेललाई सम्मान गरिएको थियो । त्यस्तै डम्बरबहादुर भुजेल, हस्तमाया भुजेल, शीला भुजेल, देवीइमाया भुजेल, लीलामाया भुजेल, बालकुमारी भुजेल, जगत भुजेल र लालबहादुर भुजेल पनि सम्मानित भएका छन् । उनीहरुलाई महानगरका मेयर नागेश कोइराला, विराटनगर–१६ का अध्यक्ष उद्धव भुजेल, भुजेल समाजका केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

त्यस्तै विराटनगर वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेलले भुजेल समुदायको संस्कृति संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा नेपाल आदिवासी महासंघ नगर समन्वय परिषद् विराटनगरका अध्यक्ष सुरेश गन्गाई, भुजेल समाजका केन्द्रीय उपाध्यक्ष राजकुमार भुलेज, विराटनगर अध्यक्ष गोपाल भुजेल, गजेन्द्र भुलेजलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । भुजेल समाज सेवा समिति हालसम्म ६३ जिल्लामा विस्तार भइसकेको महानगर समितिका कोषाध्यक्ष पूर्ण भुजेलले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.