Websoft University

सिंङ्गिङ आइडलका लागि अडिसन सुरू


विराटनगर, मंसिर २२ गते | विराटनगरमा  मंसिर २९ गते देखि  हुने विराट एक्पोको सिंगिङ आइलड प्रतियोगिता का लागि अडिसन सुरू भएको    छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो  ।

​सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू छनोटको काम  आयोजक उद्योग संगठनको हलमा थालिएको छ । एक सय ५० प्रतिश्पर्धीबाट ३० जना प्रतियोगिताका लागि छनोट गरिने इभेन्ट कोअर्डिनेटर करण देवले बताए । ३० जना मध्येबाट ग्राण्ड फिनालेमा ५ जना जाने  देवले जानकारी दिए । 

उनले अडिसनबाट छानिएका प्रतियोगि मध्ये प्रथम द्वितिय र तृतीय हुनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको  बताए । प्रदेश १ का लुकेका प्रतिभाहरूलाई प्रस्फुटित गराउन उपयुक्त प्लेटफर्म उपलब्ध गराउने, गायन क्षेत्रका प्रतिभाको खोजी गरी त्यस्ता प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गाउने उद्देश्यले प्रतियोगिता आयो जना गर्न लागिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । आइडलको ग्राण्ड फिनाले एक्स्पोको अन्तिम दिन हुने र निर्णायक गायिका इन्दिरा जोशी विराटनगर आउने जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.