Websoft University

प्रदेश १ मा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन


बिराटनगर २०७९ मंसिर २१ गते |आज विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राइले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको  उद्घाटन गर्नुभयो । । स्वास्थ्य मन्त्री माननीय जयराम यादव, जनस्वास्थ्य प्रयोगशालाको निर्देशक श्री जयबेन्द्र यादव तथा विभिन्न प्रदेशका निर्देशकलगायतको उपस्थितिमा प्रयोगशालाको उद्घाटन गरिएको थियो । यो नेपालकै यस्तो किसिमको प्रदेश जनस्वास्थ्य प्रयोगशाला मध्येको पहिलो प्रयोगशाला हो ।

सेभ द चिल्ड्रेन ग्लोबल फण्डको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना भएको प्रयोगशाला, प्रदेश १ का लागि एक रेफरल प्रयोगशाला हो । प्रदेशमा सञ्चालित सबै स्वास्थ्य प्रयोगशालाहरूलाई नियमन गर्न प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले सो प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरीएको हो । यसले प्रयोगशाला स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्रयोगशालाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने, गुणस्तर सुधार गर्ने, मापन गर्ने र तिनीहरूलाई प्रमाणित गर्ने, सर्वसाधारणलाई न्यूनतम लागतमा प्रयोगशाला सेवाहरू उपलब्ध गराउने र चिकित्सा क्षेत्रमा अनुसन्धान र विकास गर्ने जस्ता कार्यहरू गर्दछ ।

कार्यक्रममा बोल्दै माननीय राजेन्द्र कुमार राईले भन्नुभयो, “स्वास्थ्य र शिक्षा मा लगानी गर्नु अत्यावश्यक छ र भविष्यमा आउनुहुने सरकारले  यस  क्षेत्रमा बजेट विनियोजन गर्नेछ भन्ने विश्वास गर्दछु ।” त्यसैगरी माननीय जयराम यादवले भन्नुभयो, “यस प्रयोगशालालाइ उत्तम अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने कार्यका लागि प्रदेश सरकारको तर्फ बाट म प्रतिबद्धता जनाउन चाहन्छु ।”

“सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत एच्.आइ.भी., क्षयरोग र मलेरीया सम्बन्धी काम गर्छ । नेपालमा हाल बिरामीको मृत्यु हुने मध्येको एक प्रमुख कारण समयमा रोगको पहिचान हुन नसक्नु हो । ग्लोबल फण्डको सहयोगमा स्थापना भएको यस प्रयोगशालाले एच्.आइ.भी., क्षयरोग र मलेरीयाकाको मात्र नभई सम्पूर्ण रोगहरूको समयमै पहिचान, उपचार र निराकरणमा सहयोग पु¥याउने छ”, सेभ द चिल्ड्रेनका पूर्व फिल्ड कार्यालयका एसोसीएट डाइरेक्टर डा. अजय कान्तले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा सेभ द चिल्ड्रेन ग्लोबल फण्डले रु. १०.५ करोडको वी निर्माण सम्पन्न गरेको सो प्रयोगशालाको भवन निर्माण कार्य २०७७ मंसीरमा सुरु गरीे २०७९ मंसीरमा सम्पन्न गरीएको हो ।

सेभ द चिल्डे«नको बारेमा

सेभ द चिल्डे«न प्रत्येक बालबालिकाको सुन्दर भविष्यमा विश्वास गर्छ । हरेक दिन हामी नेपाल र संसारभरका बालबालिकालाई जीवनको स्वस्थ सुरुवात गर्न, सिक्न र हिंसाबाट सुरक्षित राख्न काम गर्छौं । हामी हरेक दिन र हरेक विपद्को समयमा बालबालिकाको हितका लागि काम गर्छौं — ताकी उनीहरुको जीवन र भविष्यमा सुन्दर परिवर्तन आओस् ।

नेपालमा ग्लोबल फन्ड कार्यक्रमले क्षयरोग, एच.आई.भी र औलो रोगहरू निदान, उपचार र नियन्त्रनमा नेपाललाई सहयोग गर्दछ । नेपालमा सेभ द चिल्ड्रेन इन्टरनेशनलले नेपाल सरकार, अति जोखिममा रहेका समुदाय, विकास साझेदारहरू र नागरिक समाज संगठनहरूसँगको सहकार्यमा प्रमुख प्रापक (प्रिन्सीपल रिसिपेन्ट) रूपमा कार्यक्रमहरूको व्यवस्थापन गर्दछ । सेभ द चिल्ड्रेनले सन् २००८ देखि ग्लोबल फन्ड अनुदानको व्यवस्थापन गर्दै आएको छ र २०१५ देखि सबै ३ रोगहरू (एचआईभी, टीबी र मलेरिया) को लागि नेपालको एकमात्र प्रापकको रूपमा व्यवस्थापन गर्दै आएको छ । हाल, ग्लोबल फन्ड अनुदानको न्यू फण्डी मोडालिटी नेपालमा सरकारी निकायहरु, राष्ट्रिय एड्स र एसटीआई नियन्त्रण केन्द्र ९ल्ऋब्क्ऋ०, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९भ्म्ऋम्० र नेपाल क्षयरोग नियन्त्रण केन्द्र ९ल्त्ऋऋ० सँगको सहकार्यमा काम गरिरहेको छ ।

 

 

थप जानकारीका लागि

संजना श्रेष्ठ

संचार प्रवन्धक, सेभ द चिल्ड्रेन

फोन नं ः ९८२३०६७०००

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.