Websoft University

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ


बिराटनगर, मंसिर २९ गते ।  झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका(१० स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले ध्द्यठद्ध द्यँ छडज्ञठ  नम्वरको स्कुटरमा सवार रहेका भारत  दार्जिलिङका २८ बर्षीय मनोज गिरी र  ३० बर्षीय प्रमोद कुमार राउतलाई संका लागि चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद गरेको हो भने लागु औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका(१६ स्थितमा भारत बाट नेपाल आउदै गरेको प्रदेश १(०४(००१ प ३१०२ नमवरको मोटरसाईकलमा सवार रहेका छथरजोरपाटी गाउपालिका(१ धनकुटाका २० बर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका(१ का १९ बर्षीय  सुमन तामाङलाई ०।८५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.