Websoft University

हिँडेर वा दौडेर आफ्नो स्वास्थ्यको ख्याल गर्दा वातावरणको पनि ख्याल किन नगर्ने ?


मुना न्यौपाने - भक्तपुर । स्वीडेन अलुम्नी नेटवर्क नेपालले डोको रिसाइक्लर्स (फोहोर व्यवस्थापन  र पुन प्रयोग गर्ने काममा संलग्न संस्था) र  प्लोग्गा (एयिननब, स्वीडेनमा सुरु भएको वातावरण स्वस्थ राख्न शुरु भएको पहल) सँगको सहकार्यमा चाँगुनारायण मन्दिर क्षेत्रमा हालसालै ‘प्लोग्गिङ्ग’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम स्वीडिस इन्सटिट्युटको आर्थिक सहयोगमा भएको थियो ।

चाँगुनारायण मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा करिब ६० विद्यार्थी, उद्यमी, सामाजिक संस्थामा सम्बद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमबाट १०९ किलो फोहोर संकलन गरिएको छ । 

प्लोग्गिङ्ग (स्वीडिसमा प्लोग्गा) भन्ने अवधारणा स्वीडेनका एरिक ओहल्स्तोर्मले विकास गरेका हुन् जसको अर्थ जोग्गिङ्ग गर्नुका साथै फोहोर उठाउनु हो । यो अवधारणाले आफू दैनिक सक्रिय रही आफ्नो स्वास्थ्यको ख्याल गर्दा वातावरणलाई  पनि सफा गरी वातावरणको पनि किन ख्याल गर्ने कुरामा जोड दिन्छ । उक्त कार्यक्रम सोही अवधारणाअन्तर्गत जोग्गिङ्ग गर्दा फोहोर उठाउने बानी विकास  गर्ने लक्ष्यका साथ गरिएको थियो ।  

उक्त कार्यक्रममा एरिक ओहल्स्तोर्म आफैँ उपस्थित थिए जो हाल नेपालको प्लोग्गिङ्ग टुरमा रहेका छन् । उनलाई प्लोग्गिङ्गको लागि साथ दिँदै एक स्वीडिस शेफ एल्ला निकिसकोभा पनि उक्त कार्यक्रममा उपस्थित थिइन् । 

यस कार्यक्रममा फोहोर व्यवस्थापनमा पहिचान बनाएका डोको रिसाइक्लर्सले सङ्कलित भएको फोहोर व्यवस्थापनमा सहयोग गर्नुभएको थियो । संकलन भएको फोहोर डोको रिसाइक्लर्सको सानोठिमी भक्तपुरमा रहेको मेटिरियल रेकोवेरी फसिलिटीमा व्यवस्थापन र पुनःप्रयोग हुनेछ । यस्तै चाँगुनारायण मन्दिर परिसरमा फोहोर संकलन अनि व्यवस्थापनको लागि दुईवटा फोहोर जम्मा गर्ने बाकस तथा डोको  पनि चाँगु नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो  ।

स्वीडेन अलुम्नी नेटवर्क नेपाल

–––––––––––––––––––––––––––––––––

स्वीडेन अलुम्नी नेटवर्क नेपाल स्वीडेनबाट पढेर फर्किएका व्यक्तिहरूको एक स्वेक्षिक संजाल हो । 

यस सञ्जालमा स्वीडिस इन्सटिट्युटमार्फत स्वीडेनमा छात्रवृति प्राप्त गरेका, स्वीडिस इन्सटिट्युट अन्तर्गत नेतृत्व विकास कार्यक्रममा भाग लिएका र समग्रमा स्वीडेननमा  पढेर आएका व्यक्तिहरू रहेका छन् ।  स्वीडेन अलुम्नी नेटवर्क नेपालको प्रमुख लक्ष्य भनेको दिगो विकास लक्ष्य प्राप्ति गर्न योगदान गर्न र स्वीडेन– नेपालको सहकार्य बढाउने कार्यक्रमहरू आयोजना गर्ने रहेको छ । 

स्वीडेन अलुम्नी नेटवर्क नेपाल यस प्लोग्गिङ्ग कार्यक्रमले रमाइलो र स्वस्थ तरिकाले वातावरणलाई र शरीरलाई ध्यानमा राख्ने बानिको विकास गर्न मद्धत हुने अपेक्षा गर्दै  सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्दछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.