Websoft University

अवैध सामान बरामद


मोरङ, पुस ४ गते । मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितबाट अवैधरुपमा भन्सार छलि गरेको बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । 

हिजो राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।


 बरामद गरीएका १२ लाख ३ हजार ४ सय २० रुपैया मुल्य बराबरको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.