Websoft University

महिला स्वास्थ्य स्वयंसेविका ६ जनालाई झापाको गौरीगञ्ज गाउँ पालिकाले सम्मान गरेको छ

 


मनकुमार गदाल - दमक ,मंसिर १९ गते | हरेक घर आँगनमा पुगेर गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान दिने महिला स्वास्थ्य स्वयंसेविका ६ जनालाई झापाको गौरीगञ्ज गाउँ पालिकाले सम्मान गरेको छ ।

गौरीगञ्ज गाउँ पालिका स्वास्थ्य शाखाले आज पालिका भरिका महिला स्वयंसेविकाहरु मध्ये ६जना स्वयंसेविकालाई छनौट गरी सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । पालिका परिसरको हलमा गौरीगञ्ज गा.पा.स्वास्थ्य शाखाले एक कार्यक्रमको आयोजना गरी १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा उनीहरुलाई सम्मान गरेको छ ।


 स्वयंसेविका चन्द्रकला कार्की ,रुकमणी राजवंशी ,बच्चु राजवंशी ,भद्रा राजवंशी ,फुलकुमारी राजवंशी र इन्द्रवती राजवंशीलाई पालिका अध्यक्ष फुलबती राजवंशी र उपाध्यक्ष पुजन न्यौपाने कुवँरले सम्मान गरेका हुन । स्वयंसेविका सम्मान पछि बोल्दै पालिका अध्यक्ष राजवंशीले गाउँ, टोलको स्वास्थ्यको मुख्य खम्बा भनेको स्वयंसेविकाभएको बताउनुभयो । 

उनीहरुको योगदानको पालिकाले उच्च मूल्याङकन पनि अध्यक्ष राजवंशीले बताउनु भयो । गाउँ घर टोलमा सरसफाई सम्वन्धि जनचेतना जगाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न महिला स्वयंसेविकालाई आग्रह गर्नु भयो । 

कार्यक्रममा पालिकाको उपाध्यक्ष न्यौपानेले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रवाट राष्ट्र र समाजलाई पुराएको योगदानको प्रशंसा गर्नु भयो । उहाँहरुले उठाएका मागलाई पालिकाले क्रमशः सम्वोधन गर्दै जाने उपाध्यक्ष न्यौपानेको भनाई रहेको छ । 

प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडा ,सम्मानित स्वयंसेविका मध्येवाट रुकमणी राजवंशी, र गौरीगञ्ज गा.पा.वडान ६को वडा सदस्य राधा अधिकारी लगायतले स्वयसेविकाको जिम्मेवारी कर्तब्यका बिषयमा आफना धारणहरु राखेको स्वास्थ्य शाखाका प्रमुख राम चन्द्र मित्रले जानकारी दिनु भयो । पालिकामा ४० महिला स्वयंसेविकाले रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.