Websoft University

प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू हुने


विराटनगर मसिर २८ गते । रातो तारा डट कम,दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो ।

प्याब्सन विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरू गरिएको जानकारी गराएको छ । आठ दिनसम्म संचालन हुने प्रतियोगितामा प्याब्सनमा आवद्ध ३० वटा सदस्य विद्यालयहरूका खेलाडी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए । उक्त टुर्नामेन्टमा कक्षा १० सम्म अध्ययरत १७ वर्षदेखि मुनिका उमेर समूहका खेलाडी विद्यार्थीहरूले भाग लिनेछन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार मुल्य बरावरको रनिङ्ग शिल्डसहित नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहत ट्रफि हात पार्ने छ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । फुटबल खेलप्रति अभिरुची जगाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने दृड संकल्प र विश्वासको साथ प्रतियोगिता गरिएको अध्यक्ष बुढाथाकीले बताए ।

फुटबलमा नयाँ आयमको लागि, प्याब्सनको सान र गौरवको लागि प्याब्सन विराट कप’ भन्ने नाराको साथ २०७६ सालदेखि प्याब्सन विराट कप गर्दै आएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताए । ‘विद्यार्थीहरूलाई फुटबल खेलप्रति अभिरूची बढाएर राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले फुटबल प्रतियोगिता गर्दै आएको छ,’ उनले भने, ‘अहिले हुन लागेको फुटबल प्रतियोगिता यो दोस्रो संस्करणको हो ।’ यसरी प्याब्सनले प्रत्येक वर्ष फुटबल प्रतियोगिता गर्दै आएको उनले बताए । २०७७ र २०७८ सालमा विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडको कारणले प्याब्सनले फुटबल प्रतियोगिता गर्न सकेको थिएन् । अहिले सहज भएपछि फुटबल प्रतियोगिताको तयारी सुरू गरेको हो ।

यस पटक हुन लागेको फुटबल नकआउटको आधारमा खेल खेलाइने बताइएको छ । पत्रकार सम्मेलन प्याब्सन मोरङका प्रमुख सल्लाहकार तथा प्याब्सन विराटनगरका पूर्व अध्यक्ष इन्द्र राई, मोरङ प्याब्सनका कोषाध्यक्ष बिष्णु डंगोल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायतको उपस्थीति रहेको थियो भने कार्यक्रम संचालन प्याब्सन विराटनगरका सचिब अशोक लामाले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.