Websoft University

गठवन्धन उम्मेदवाट र नेकपा एमाले उम्मेदवार विच नै प्रतिस्पर्धा हुने


गाईघाट २० कार्तिक | रातो तारा डट कम,प्रतिनिधि सभा निर्वाचनमा उदयपुरको क्षेत्र न .१ मा गठवन्धन उम्मेदवाट र नेकपा एमाले उम्मेदवार विच नै प्रतिस्पर्धा देखीएको छ । वहालवाला परराष्ट्रमंत्री  मंत्री डा .नारायण खड्का गठवन्धन वाट उम्मेदवार वनेकाछन् भने पुर्व मंत्री मञ्जु चौधरी एमाले वाट उम्मेदवार वेनेकीछीन् । 

दुवै  उम्मेदवारहरु ले जिल्लाको विकासमा धेरै काम गरेकोले आफुहरुको विजय सुनिस्थीत भएको वताउदै आएका छन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा खड्काले उनै मञ्जु चौधरी लाई झिनो मत ले पराजीत गरेका थिए । नेकपा एमाले र नेकपा (माओवादी ) विच भएको तालमेल वाट मञ्जु उम्मेदवार वनेकी थिइन् । २०७४ मा भएको स्थानिय निर्वाचन मा एमाले र माओवादीले  पाएको मत को आधारमा  झण्डै १५ हजार कम मत काग्रेस को पक्षमा खसेको थियो । 

तर डा .खड्का ले २ सय मत वढीले एमाले ,माओवादीको तालमेल वाट निर्वाचन लडेकी मञ्जुलार्ई   पराजीत गरेका थिए ।  अहिले पाच दल को गठवन्धन वाट उम्मेदवार वनेको कारण जीत निश्चित रहेको खड्का वताउछन् । “स्थानिय निर्वाचन (२०७४) मा दुई दल ले प्राप्त गरेको मत भन्दा हामी १५ हजार मत ले पछि  थियौ, तर पनि मैले चुनाव जिते । ”उनले भने ।  तर अहिले म संग ५ दल को साथ र सहयोग छ । ‘त्यसैले म निश्चित  रुपमा चुनाव जिछु ’  मंत्री  खड्काले भने ।  

एमालेकी मञ्जु ले पनि गठवन्धन दलको उम्मेदवार चयनमा देखीएको विवाद र झगडाको फाइदा आफु ले लिने वताइन् । ‘पाच ,दलीय गठवन्धनमा सवै नेता , कार्यकर्तामा एक ठिक्का देखीएको छैन । असन्तुष्ट पक्षले  मलाई भित्री रुपमा सहयोग गर्ने भएकोले म जित्ने मा ढुक्क छु । उनले भनीन । डा . खड्काले जिल्लामा सवै भन्डा वढी विकास आफुले गरेको यो पटक विजय मात्रा लाई कसैले रोक्न नरक्ने वताउछन् ।  टिकट वितरण को वेला साथीहरुमा केहि गुनासा र असन्तुष्टी देखीएको भए पनि अहिले सवै विवादत समाधान भएर गएको उनले वताए ।  

डा ं खड्का पाचौ पटक सघिय ससद मा प्रतिनिधित्वको लागी चुनाव लडदै छन् । उनी  २०६४ , २०७० र २०७४ मा सविधान सभा र प्रतिनिधि सभामा निर्वाचित भएका थिए । वि.स २०५६ सालमा पहिलो पटक लडेको चुनावमा भने नेकपा एमाले का उम्मेदवार सुरेश र्कािर्क  वाट पराजित भएका थिए । जिल्लामा सवै भन्दा वढी समय निरन्तर रुपमा चुनाव उनले मात्र जितेर रेकर्ड वनाएका छन । 

खड्काले जिल्लामा वाटो घाटो ,विध्यालय क्याम्पस स्वास्थ्य चौकी भवन र विमान स्थल वनाउने महत्वपुर्ण कामहरु गरेका छन् । चौधरीले पनि आफु सहरी विकास राज्य मन्त्री हुदा करोडौ रुपैया सरकारी स्तर वाट भित्राएर जिल्लामा धेरै विकास निर्माण गरेको वताउछीन् । अङकगणितिय हिसावले गठवन्धन उम्मेदवार  खड्का वलिया देखिए पनि उनी संग प्रतिस्पर्धि चौधरीलाई समेत कम आकलन गर्न कठिन छ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.