Websoft University

राष्ट्रीय युवा संघले गर्यो डस्टबिन वितरण, सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रम


शिव भट्टराई, मोरङ असोज १६ गते आइतबार,| रातो तारा डट कम,सुन्दरहरैंचा वार्ड नं ४ स्थित राष्ट्रीय युवा संघ नेपाल सुन्दरहरैंचा ४ शाखा कमिटीले दशैं तिहार तथा छठ पर्वको अवसरमा डस्टबिन वितरण, सरसफाई कार्यक्रम साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। 

आईतबार भएको उक्त कार्यक्रममा नेकपा एमाले १ नं प्रदेश सचिवालय सदस्य नागेश पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो भने राष्ट्रीय युवा संघ नेपाल सुन्दरहरैंचा ४ शाखा कमिटीका अध्यक्ष टिका भट्टराईको अध्यक्षता रहेको थियो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले अहिले डेङ्गु रोगको संक्रमण फैलिरहेको अवस्थामा आफ्नो टोल बस्ती सफा राख्न जनचेतना जगाउँदै सरसफाई कार्यक्रम गरेर निकै सराहनीय कार्य रहेको बताउँदै यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने बताएका छन्।

सुन्दरहरैंचा वार्ड नं ४ स्थित पर्यटकिय स्थल गोकुलम रिसोर्ट, त्रिवेणी रिसोर्ट साथै विभिन्न चोकमा डस्टबिन वितरण गर्दै जनचेतना जगाउदै सरसफाई कार्यक्रम गरेको अध्यक्ष टिका भट्टराईले जनाएका छन्। त्यसैगरी सरसफाई कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका निवर्तमान नगरअध्यक्ष जय प्रकाश रायमाझी, नेकपा एमाले नगर सचिव सन्तोष घिमिरे लगायत अन्य सामाजिक साथै राजनीतिक व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.