Websoft University

ज्योती मगरले तताइन् विराटनगरमा जारी विराट राजवंशी मेला




पुष्पराज थपलिया-विराटनगर असोज  १८ गते । रातो तारा डट कम, उत्तेजित साईरीबाट आफ्नो प्रस्तुती प्रारम्भ गरेकी लोक गायिका ज्योती मगरले प्रदेश १ को राजधानी विराटनगरको हाटखोला स्थिित खेल मैदानमा जारी दोस्रो राजवंशी महत्सोव मेलामा सहभागिरुलाई प्रायाप्त मनोरञ्ज प्रदान गरीन् ।

रातो पारर्दनी मिनिस्कटमा स्टेजमा उत्रिएकी गायिका मगरले सुरुवातदेखि अन्त्यसम्म मेलामा सहभागिहरुलाई आफ्नो प्रस्तुतीमा तान्न सफल    भइन् । उत्तेजित शैलिमा प्रस्तुत भएकी गायिका ज्योतिका प्रस्तुतीमा महोत्सवमा सहभागि एक घण्टा झुमे ।

सोमबार राति ९ बजे महोत्सवको स्टेजमा चढेकी गायिका ज्योतिले उत्तेजित शैलिमा नाच्दै गाउँने प्रस्तुत गरिरहदा रातको १० बजेको थियो । मैदानभरी दर्शकको साथ पाएकी गायिका मगरले आफ्नो चर्चित गीत प्रस्तुत गरेर सहभागिहरुलाई प्रयाप्त मनोरञ्जन दिइन् ।

मैदानभरी जम्मा भएका सहभागि माझ गीत प्रस्तुत गरिरहदा उनले उत्तेजित शब्द प्रयोग गरी युवालाई उफारेकी थिइन् । विराट राजवंशी प्रगतीशीलविकाश समाज समितिको आयोजना तथा झापाको दमकमा रहेको सयपत्री इन्टरटेन्टमेन्टको संयोजकमा  असोज ११ गतेदेखि २१ गते सम्म सञ्चालन हुने महोत्सवमा आज अनु चौधरी, १९ गते टंक बुढाथोकी,आर्यन बुढाथोकी र अशोक दर्जी र अन्ति दिन २१ गते नेपालका चर्चित गायक प्रमोद खरेलले प्रस्तुती दिने मेला सञ्चालक तिलबहादुर तामाङले जानकारी दिए ।

यस अघि महोत्सवमा गायक बलबहादुर राजवंशी, हास्य गायक श्रीकृष्ण लुइटेल ,गायिका मेलीना राई तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिइसकेका छन् ।


 


मेलामा बाल उद्यान, रोटेपिङ,ड्रागन रेल, झुलालगायतका देलबाट बच्चमहरु मनोरञ्जन लिने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.