Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर, भाद्र १७ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT  सहमुहको प्रहरी टोलीले बिभिन्न मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ । फरार प्रतिवादी खोजतालासको क्रममा प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा शिवसताक्षी गाउँपालिका-८ झापाका ३७ बर्षीय दिप्सन लावती,  सुन्दर हरैचा नगरपालिका-७ मोरङका २५ बर्षीय सुरज परियार र धरान उप-महा नगरपालिका-४ सुनसरीका ४९ बर्षीय महेन्द्र बहादुर थापालाई पक्राउ गरेको छ । 
दिप्सन लावती सम्मानित सर्बोच्च अदालतको मिति २०६५।११।२३ गतेको फैसलाले सम्मानित पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेको र उनलाई RIT समुह र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने परियार लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७५।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैया जरीवाना र थापा सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७७।११।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र २ हजार रुपैया  जरीवाना बेरुजु रहि फरार रहेका थिए । 
पक्राउ परेका तीनै जनालाई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.