Websoft University


दमक भदौं २३ गते | रातो तारा डट कम,स्थानिय महिलाहरुलाई रोजगारको अवसर दिन दमक उधोग वाणिज्य संघले आज एक कार्यक्रमको आयोजना गरी ३ महिने केश श्रृगार तालिमको शुभारम्भ गरेको छ । 

वाणिज्य संघले ब्यवसायीक तथा सीप बिकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोगमा वेरोजगार महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउने केश श्रृगार सम्वन्धिको तालिमको उद्घाटन गरिएको हो । 

दमक क्षेत्रका १८जना महिलाहरुको सहभागीता रहने तालिमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि तालिम केन्द्रका कार्यालय प्रमुख कृष्णा श्रेष्ठले कार्यालयले सीप सिकाउने,उधमशीलता लगायतका सीपमुलक तालिम गर्दै आएको बताउनु भयो । तालिममा सहभागी दिदी वहिनीहरुले सक्रिय रुपमा तालिम लिएर दक्ष बनी भविष्यमा ब्यवसायिक रुपमा आयआर्जन गरी परिवारको आय स्तर बढाउन सक्ने प्रमुख श्रेष्ठले आशा ब्यक्त गर्नु भयो । ३सय ९० घण्टा अर्थात ३महिना तालिम लिने क्रममा आइपर्ने विशेष परिस्थिति वाहेकका अरु समस्यालाई पर पन्साएर दक्षता हासिल गर्न उहाँले सुझाव दिनु भयो ।

 कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले सहभागीहरुले उत्साहका साथ सीप सिकेर तालिमलाई परिणम मुखी बनाए मात्र सरकारको लगानीको सदुपयोग हुने बताउदै सीप सिकाइमा ध्यान दिने आग्रह गर्नु भयो । 

सीप बिकास केन्द्रकै प्रशासकीय अधिृकत रमेश कोइरालाले यो पहिलो तहको तालिममा राम्रोसंग सीप सिक्न सक्नु भएमा भविष्यमा हुने सीटीइभीटीवाट हुने सीप परीक्षणको अवसर पनि पाउन सक्ने बताउनु भयो । तालिम लिएर छोडने भन्दा पनि यसलाई ब्यवहारमा उतार्न वाणिज्य संघका कार्यसमिति सदस्य चन्द्र खत्रीले अनुरोध गर्नु भयो ।

 तीन महिने तालिममा हेयर कटीङ ,हेयर वयल मसाज ,कपाल धुने ,सुकाउने , थेडिङ , मेहेन्दी आर्ट, रौ उख्ने,हात खुटा र अनुहार सफा लगायतका विषय सिकाइने प्रशिक्षक तथा हङकङ ब्युटी पार्लर दमकको सञ्चालक कमला राईले जानकारी दिनु भयो ।  






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.