Websoft University

दुई वालिकाको पालन पोषण र शिक्षा दिक्षामा वेलका नगरपालिका ले सहयोग ग


गाईघाट २७ भदौ |रातो तारा डट कम,आफन्त वाटै हत्या गरिएका परिवारको दुई वालिकाको पालन पोषण र शिक्षा दिक्षामा वेलका नगरपालिका ले सहयोग गर्ने भएको छ । एक साता अघि वेलका नपा ६ मैनामैनीको गोवाटार मा एकै घर परिवारका तीन जनाको हत्या भएको थियो । सो घट्नामा सोही ठाउमा ४३ वर्षिय राज कुमार वस्नेत , उनकी ३३ वर्षिया श्रीमति सरिता र छोरा १३ वर्षिय सुजनको हत्याभएको थियो । उनीहरु तिनै जनाको नातामा दाजु पर्ने नर वहादुर वस्नेतले खुकुरी प्रहार गरेर हत्या गरेका थिए । मृतक राज कुमारकी कक्षा ४ मा पढ्ने ९ वर्षिया र कक्षा १ मा पढ्ने ४ वर्षिया समिक्षाको विचल्ली भएछि नगरपालिकाले उनीहरु लाई कक्षा १२ सम्म निशुल्क पठनपाठनको व्यवस्था गर्नु को साथै पालन पोषण समेत गरीदिने भएको छ । वेलकाका मेयर अशोक कार्कीले दुई वालिका लाई पठनपाठन र पालनपोषण गर्ने जिम्मा नगरपालिकाले लिएको वताए । उनले ती वालिकाहरु ८० वर्षिया , र ७० वर्षिया दुई हजुरआमा संगै वस्दै आएको वताए । आर्थिक रुपमा विपन्न वस्नेत परिवारमा खान लाउन समेत समस्या भैरहेको वेला वालिकाको उज्जल भविश्यको लागी आफुले सहयोग गरेको उनले वताए । उनले सोमवार वालिकाको घरमै गएर ५० हजार किरीया खर्च समेत दिएको वताए ।  गत भदौ १७ गते दिउसो खेती तर्फ जादै गर्दा उनीहरुको हत्या भएको थियो । हत्यामा संलग्न वस्नेत लाई सोही साझ प्रहरी ले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धि मुद्धामा अनुसन्धान भैरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.