Websoft University

प्रेस विज्ञप्ति--ध्यानाकर्षण


 बिराटनगर भाद्र ३१ गते रातो तारा डट कम,  विद्यमान बढ्दो बैंक व्याजदर, महंगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारको स्थिति प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

 विगत केहि महिनादेखि चर्किंदै गएको बैंक व्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाईले औद्योगिक÷व्यवसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको सर्व विदितै छ । लगानी योग्य पूँजीको अभावमा उद्योग÷व्यवसायहरु आ–आफ्ना क्षमता अनुरुप कार्य गर्न असमर्थ हुँदै गएको दुरावस्था देखा परेको जानकारी गराउन चाहन्छौँ ।

 विगत ६ महिना मै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधि मै भद्र सहमति भंग गर्दै बैंकहरुले आफूखुशी ४ प्रतिशतसम्म स्पे्रड दर कायम गरेका 

छन् । यसबाट कोभिड पश्चात् विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको छ ।

 एकातिर बैंकहरुका करोडौँका नाफा भन्ने समाचारहरु सुनिन आई रहेको छन्, श्रावणमा मात्रै ९०० करोड मुनाफा कमाएको बुझिएको छ भने अर्कोतर्फ उद्योग÷व्यवसाय र उपभोक्ताहरुको नाजुक अवस्था प्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिनाले उद्योगी÷व्यवसायीहरु हतोत्साहित भई रहेका छन् । यसै बीच नेपाल राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरु समेत औद्योगिक÷व्यवसायीक वातावरणका लागि प्रतिकूल रहन गई प्रत्यक्ष प्रभाव पर्ने भएकाले त्यसलाई तत्कालै सुधार गर्न तथा चालू पूँजी कर्जालाई पारदर्शी एवं एकरुपता कायम गर्न समेत हामीले राष्ट्र बैंकलाई सुझावहरु पत्राचार गरेका छौँ । त्यसका साथै, हामीले एकल अंकको व्याजदर कायम गर्नु पर्ने, औद्योगिक÷व्यवसायिक प्रयोजनका कर्जाको व्याजदर फरक गरिनु पर्ने, संस्थागत व्याज दर कम गरिनु पर्ने आदि विभिन्न मागहरु राष्ट्र बैंक समक्ष राख्दै आएका छौँ ।

 यस्तै, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तय गरेको ७ प्रतिशतको वार्षिक उपभोक्ता मूल्य वृद्धिदर गत साउनमै औसत ८.२६ प्रतिशत हुन पुगेको देखिन्छ । चाडवाड अगावै ध्यू, तेल, फलफूल, माछामासु, गेडागुडी लगायतका खाद्य तथा दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकाशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत साउनमै खाद्य तथा पेय पदार्थ अन्तरतग घिउ तथा तेलमा १९.५८ प्रतिशत, फलफूलमा १८.७९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलमा ११.८४ प्रतिशत, मदिराजन्य पेय पदार्थमा १०.२४ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको मुल्य १०.१९ प्रतिशतले बृद्धि भई सकेको छ भने यातायातमा २३.८८ प्रतिशत, स्वास्थ सेवामा १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ९.०४, शिक्षामा ८.११ र घरायसी उपभोगका वस्तुहरुमा ७.८६ प्रतिशत मुल्यवृद्धि भएको तथ्यांक सार्वजनिक भई सकेको छ ।

 यस अवस्थालाई नियन्त्रण गर्न नसके एकातर्फ उद्यमी व्यवसायीहरु पलायन हुने खतरा रहनुका साथै मुलुकको आर्थिक गतिविधिहरु संचालन गर्न कठिन हुन गई अर्थतन्त्रमा प्रतिकुल असर पर्ने निश्चित छ भने अर्को तर्फ कर्जाको व्याजदर वृद्धि हुँदा तत्काल लगानीकर्तालाई असर परे पनि अन्ततः यसको मार उपभोक्ता मै पर्ने हुन्छ । छिमेकी राष्ट्र बंगलादेश र भारतले अर्थतन्त्र सुदृढिकरणका लागि उद्योगी÷व्यवसायीहरुलाई प्रोत्साहित गरिरहेको अवस्थामा नेपालमा त्यसको ठिक विपरीत नीतिहरु देखिनु दुःखदायी छ ।

 त्यसका अलावा, त्रुटीगत करका नीतिहरु सहित विभिन्न कारणले स्वदेशमा मंहगी बढिरहँदा सीमा पारीका बजारहरु गुल्जार हुने गरेका छन् भने खुल्ला सीमाबाट चोरी निकासी पैठारी समेत हुने गरेकाले स्वदेशी उद्योग÷व्यवसाय थप प्रताडित भएका छन् । स्वदेशी बजारको सुरक्षा एवं सु–व्यवस्थापनका लागि समेत सरकारको कुनै ठोस नीति नहुनु हाम्रा लागि विडम्बनाको विषय हो ।

 अतः नेपाल सरकार, बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायहरुलाई मुलुकको विद्यमान अवस्थाहरु प्रति गम्भिर भई नेपाली उद्यमी, व्यवसायी र उपभोक्ताहरुको हक, हित एवं सुरक्षार्थ आ–आफ्नो स्तरबाट जिम्मेवारीपूर्वक तत्कालिक कदमहरु चाल्न हुन जोडदार माग गर्दछौँ ।

 २०७९ भाद्र ३१ गते, शुक्रबार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.