Websoft University

विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु


विराटनगर भाद्र २१  गते | रातो तारा डट कम, विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ । 

एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ । एडीवीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्याण्डपुलिङका लागि डीपीआरको काम सुरु भइसकेको छ । निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरको विकासमा सहयोग गर्न एडीवीलाई आग्रह गर्नुभएको थियो । सोही आग्रहअनुसार एडीवीले विभिन्न परियोजनाको डीपीआर बनाउन सुरु गरिसकेको छ । हालसम्म भएको डीपीआरको अवस्थाबारे एडीवीका प्रतिनिधिले मेयर कोइराला र उपमेयर कार्कीलाई जानकारी गराएका थिए ।  

विराटनगरको विकासमा विगतमा सञ्चालित परियोजनाको समीक्षा र आगामी परियोजनाका विषयमा एडीवीको टोलीसित छलफल भएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी)का परियोजना व्यवस्थापक इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । एडीवीले विराटनगरसहित पूर्वका इटहरी, दुहबी, धरान, इनरुवा र दमकमा १० वटा ठूला परियोजना सञ्चालन गर्दैछ । मेयर कोइरालाले तत्कालका लागि फोहोर व्यवस्थापन, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला र सडक निर्माण आवश्यक रहेको बताए ।

“विराटनगरका लागि तत्काल गर्नुपर्ने भनेको सडक र नाला निर्माणका साथै फोहोर व्यवस्थापन नै हो,” मेयर कोइरालाले भने, “त्यसका लागि एडीवीले काम सुरु गरिसकेको छ । हामीले डीपीआर छिटो बनाउनुहोस् भनेका छौं । क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी) अन्तर्गत यसअघि विराटनगरको विकासमा नेपाल सरकारसँगको साझेदारीमा एडीवीले ६ अर्बभन्दा बढी लगानी गरिसकेको छ । एडीवीको टोलीले यसभन्दा अघि सञ्चालित परियोजनाहरूको अनुगमनसमेत गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.