Websoft University

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम


बिराटनगर, भाद्र २४ गते । रातो तारा डट कम, १ नम्वर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पत्रकारहरु संग भेटघाट गर्नु भएको छ ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक गिरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आयोजना गरेको "आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९" को बारेमा जानकारी गराउदै भाद्र २५ गते बिरानगरमा हुन गईरहेको "आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९" सुभारम्भ कार्यक्रममा सम्पुर्ण संचारकर्मीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ ।  

उक्त सचेतना अभियान १ नम्वर प्रदेशको १४ वटै जिल्लाहरुमा एकै साथ संचालन हुने कुरा समेत अवगत गराउदै  प्रदेश प्रहरी प्रमुख गिरीले संचारर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुहरुको बारेमा समेत प्रस्ट पार्नु भएको थियो ।  साथै  भेटघाट कार्यक्रममा १ नम्बर प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।  प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.