Websoft University

सुन्दरहरैंचामा टोल विकास संस्था द्वारा वृहद सरसफाई अभियान

 


शिव भट्टराई, भदौ ३० गते बिहीबार | रातो तारा डट कम,सुन्दरहरैंचामा टोल विकास संस्था द्वारा वृहद सरसफाई अभियान मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ मा अमरज्योति टोल बिकास संस्था, सिद्धार्थ टोल बिकास संस्था, फुलबारी टोल बिकास संस्था, सुनौलो मकालू टोल बिकास संस्था र खोक्सी टोल बिकास संस्थाको संयुक्त आयोजनामा र वार्ड नं ५ वडा कार्यालयको संयोजनमा सरसफाई अभियान अन्तर्गत बिहीबार वृहद सरसफाई कार्यक्रम भएको छ।

सुन्दरहरैचा  वडा नं ५ बाँसबारी देखि खोक्सी सम्म सरसफाई गर्दै बाटोमा राखिएको हुडिङ बोर्ड निकाली चोकलाई सौन्दर्यकरण गर्ने कार्य गरिएको छ। त्यसैगरी पार्किङ तथा गुद्री वजार व्यवस्थापनमा बिभीन्न संघ संस्था तथा वडा न ५ र नगरले काम सुरु गरेको अमरज्योति टोल विकास संस्थाका सचिव नगेन्द्र सिग्देलले बताएका छन्।

सरसफाई कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाई, उपप्रमुख अकलि चौधरी, वार्ड नं ५ का वडा अध्यक्ष गणेश चौधरि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, ट्राफीक प्रहरी गछिया, प्रहरी चौकी बलिया, प्रहरी चौकी गछिया, सामाजिक व्यक्तित्व साथै स्थानीयबासीहरुको सहभागिता रहेको थियो। सुन्दरहरैंचा वार्ड नं ५ का वडाध्यक्ष गणेश चौधरीले सरसफाई अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम सम्पन्न भएको र दोस्रो चरणमा  खोक्सि चोक देखि तिनपैनी सम्म सरसफाई गरेर सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताउँदै सरसफाई कार्यक्रममा सहभागी जनाएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.