Websoft University

अशक्त र असहायहरुको सहारा बन्दै सुन्दरहरैंचा नगरपालिका


शिव भट्टराई, भदौ २७ गते | रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिकाले मोरङको  सुन्दरहरैंचा स्थित वार्ड नं १० मा रहेको अशक्त महिला लक्ष्मी राईको घरमा गई न्यानो कपडा ब्लाङ्केट र खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

सुन्दरहरैंचा नगरपालिकाले अनुगमन गर्ने क्रममा अति विपन्न महिला ४९ वर्षीय लक्ष्मी राईलाई अशक्त नाजुक अवस्थामा रहेको देखेपछि खाट , ओढ्ने, ओछ्याउने, लता कपडा, खाद्यन्न, पकाउने भाँडा नगरपालिकाकी उपप्रमुख अकलि चौधरीले हस्तान्तरण गरेकी छिन्।हाल सम्म पिडित लक्ष्मी राईको अशक्त दाई बाहेक उनको साथमा कोही नरहेको र अहिले सम्म उनको नागारिता नभएकोले अपाङ्गता परिचय पत्रबाट पनि वञ्चित रहेको थाहा पाएपछि नगरपालिकाको पहलमा उनलाई नागरिता समेत प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सावित्री खड्काले बताएकी छिन्।


नगरपालिकाले अति विपन्न साथै अशक्त लक्ष्मी राईको घरको अवस्था नाजुक भएकोले र घरको छानोबाट पानी चुहेर बस्न कठिनाइ भएकोले टिनको व्यवस्थापन गर्ने भएको छ। सहयोग हस्तान्तरण गर्ने क्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईं, लेखा अधिकृत शेखर ढकाल लगायतको उपस्थिति रहेको थियो। आगामी दिनमा पनि नगरपालिकाले अशक्त व्यक्तिहरूलाई सहयोग वितरण गर्ने उपप्रमुख अकली चौधरीले बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.