Websoft University

अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु फलफूलका विरुवा उत्पादन तथा वितरण गर्ने


विराटनगर, १९ साउन। रातो तारा डट कम,अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । 


मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । 

क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र क्षेत्रीले मोरङको मिक्लाजुङ, केराबारी, मधुमल्लाको माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने, एभोकाडोलगायतको विरुवा उत्पादन गर्ने, माटोको परीक्षण गर्ने जानकारी दिए । 

उनले प्रस्ताव गरेको कार्ययोजनामा स्थानीय निकायमा अखिल क्रान्तिकारी जाने र विभिन्न उत्पादनका कामसुरु गर्नेउल्लेखछ । यस्तै स्कुल तथा कलेजमा च्याउ खेतीका लागि टे«निङ दिलाउन पहल गर्ने, मौरी पालनका लागि हरेक विद्यालयमा फूलखेती तथा एक स्कुल एक मौरीको डुँड अभियान सुरु गर्ने पनि उल्लेख छ । 

कार्यक्रम उद्घाटन समारोहमा बोल्दै क्रान्तिकारीकी अध्यक्ष सिंहले भने राष्ट्रिय उत्पादनलाई बढावा दिने वर्तमान सरकारको नीतिलाई यो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । उनले सबै वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माको विरुद्धमा झुट र बेइमान गरेर बद्नाम गर्न खोजेको भएपनि त्यो अहिले पर्दाफास भएको बताइन् । 

उनले माओवादी कुनै पनि राष्ट्रघाटमा सहभागी नबनेको पार्टी भएको दाबी गर्दैृ नैतिकता, इमान र स्वाभिमान बचाउनका लागि माओवादी केन्द्रलाई जिताउनु पर्नेमा जोड दिइन् । 

उनले यति, ओम्नी र नारायणहिटीमा बतासलाई पुर्याएर विभिन्न भ्रष्टाचारका किर्तिमान खडा गर्नेहरुले देश चलाउन नसक्ने पनि दाबी गरिन् । सबै जनताको छोराछोरीले समान हिसावको शिक्षा पाउनका लागि पनि माओवादी केन्द्रले जित्नु पर्ने उनको भनाइ थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.